१७ जेठ, नेपालगन्ज । बाँके प्रहरीले जानकी गाउँपालिकामा गत बैशाख २७ गते भएको एक जनाको हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको छ। मृतकको छोराको किटानी जाहेरीका आधारमा अनुसन्धानका लागि ३ जनालाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।
गत बैशाख २७ गते जानकी-२ फुलपुरुवाका ५५ वर्षीय प्रेमलाल कुर्मी घाँटीमा सर्ट बेरिएको अवस्थामा मृत फेला परेका थिए । घटनामा संलग्न भएको आरोपमा बाँके प्रहरीले जानकी-२ फुल फुलपुरुवाकै ४० वर्षीया महिलका तेली, सोही स्थानकै ५० वर्षीय नन्कु लोनिया र ५० वर्षीय रतिराम कोरीलाई पक्राउ गरेको हो ।
बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउ गरेको प्रहरीले उनीहरुलाई थप ७ दिनको म्याद लिएर हत्या घटनाको अनुसन्धान गरिएरहेको जनाएको छ।
१७ जेष्ठ २०८१, बिहीबार १७:३२ प्रकाशित