भेरी अस्पताललाई सिकलसेल एनेमिया उपचार केन्द्रका रुपमा विकास गरिने
  • काँचुली खबर

१५ जेठ, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा रहेको भेरी अस्पताललाई सिकलसेल एनेमिया उपचार केन्द्र रूपमा विकास गरिने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट भाषण मार्फत अर्थमन्त्री पुनले यसको घोषणा गरेका हुन् ।

यस्तै, वीर अस्पतालमा जलन सघन उपचारका लागि आधुनिक उपचार सञ्चालन गरिने छ । यसका साथै कीर्तिपुरस्थित बर्न अस्पतालको स्तरोन्नति गरिने छ ।

  • १५ जेष्ठ २०८१, मंगलवार १७:१० प्रकाशित
  • Nabintech