नरैनापुर गाँउपालिकाका कर्मचारी आन्दोलित, कामकाज ठप्प
  • काँचुली खबर

१४ जेठ, कोहलपुर । बाँकेको नरैनापुर गाँउपालिकाका कर्मचारी तथा शिक्षकहरु आन्दोलित भएका छन । आईतबार नरैनापुर गाँउपालिकाका शिक्षा अधिकृत कृष्ण थारु र प्राविधिक कमल केसी माथि कार्यालयभित्रै अभद्र व्यवहार भएको भन्दै गाँउपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन ।

आईतबार गाँउपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै घटनामा संलग्नलाई कानुनी कारबाहीको प्रक्रिया अगाडी नबढुन्जेलसम्म गाउँपालिका तथा सम्पूर्ण वडा कार्यालयहरुमा अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु ठप्प पार्ने बताएका हुन ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खोदावा, बाँकेको प्राथमिक तह राहत दरबन्दीमा गरिएको शिक्षक नियुक्तीका बारेमा विवाद गर्दै कार्यालयभित्रै छिरेर कर्मचारीमाथी भएको आक्रमण प्रयास निन्दनीय भएको भन्दै कर्मचारीहरुले घटनाको घोर भर्त्सना र निन्दा समेत गरेका छन ।

आफुहरूकाे पेशागत सुरक्षाको माग गदै कर्मचारीले आज सोमबार देखि गाँउपालिकाको कामकाज ठप्प पारेका छन । गाँउपालिका भित्र रहेका सम्पुर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकले समेत दोषिमाथि कारबाहीको माग गर्दै अनिश्चितकालका लागि विद्यालय बन्द गरेका छन । शिक्षक नियुक्तिमा कमिशन लिएको आरोप लगाउदै बिनय दिक्षित नेतृत्वको समूहले शिक्षा अधिकृत थारुको कार्यकक्षमा पुगेर आईतबार अभद्र व्यहार गर्दै शारीरिक तथा मानसिक यातना दिएकाे उनिहरूकाे भनाई छ ।

कर्मचारीहरुले कानुनि राज्यमा गैरकानुनि कामलाई प्रोत्सान दिन नहुने बताउदै अराजक समुहले पटक पटक गाँउपालिकामा आतंक समेत मच्चाउने गरेको, जनप्रतिनिधिमाथि बिभिन्न आरोप लगाउने र कर्मचारी माथि आक्रमण गर्ने गरेको प्रति चिन्ता ब्यक्त गदै उनीहरुले लगाएको आरोप पुुष्टी गर्न वा सप्रमाण लिएर आउन चुनौति समेत दिएका छन ।

घटनाको बारेमा नेपाल निजामती कर्मचारी संगठन नरैनापुर गाँउपालीका समिति तथा जिल्ला कार्यसमिति बाँकेले समेत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै घटनामा संलग्नलाई तत्काल कानुनी कारबाहीको माग समेत गरीएको छ ।

यसैबिच आफुुमाथि लगाएको आरोप निराधार, कपोकल्पीत र झुटा भएको शिक्षा अधिकृत थारुले प्रतिक्रिया दिएका छन ।
कर्मचारीमाथि कानुनि राज्यको धज्जी उढाउदै गरीएको अमानवी व्यावहार प्रति नरैनापुर गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत जनकलाल थारुले समेत दुःख ब्यक्त गरेका छन ।

कर्मचारीमाथि कुनै पनि बहानामा आक्रमण गर्नु राम्रो नभएको बताउदै नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले कर्मचारीहरु माथि भएको आक्रमणको निन्दा गर्दै कानूनी कारवाही गर्न गृह प्रशासनसँग अपिल गरेका छन । उनले गाँउपालिकाको दैनिक कामकाज र पालिका भित्र रहेका सबै विद्यालयहरु सुचारु गर्नका लागि पहल गरी रहेको बताएका छन ।

  • १४ जेष्ठ २०८१, सोमबार २२:३४ प्रकाशित
  • Nabintech