चट्याङ लागेर बाँकेमा एक महिलाकाे मृत्यु
  • काँचुली खबर

१४ जेठ, काेहलपुर । बाँकेमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो परेको चट्याङमा एक महिलाको ज्यान गएको बाँके प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले आइतबार दिउँसो परेको चट्याङ लागेर राप्तीसोनारी ८ का एक महिलाको ज्यान गएको जानकारी दिए ।

प्रनाउ डाँगीका अनुसार राप्तीसोनारी ८ स्थित घण्टेश्वरी सामुदायिक वनमा बाख्रा चराउन गएकी ४० वर्षीया पुतला खत्रीको दिउँसो परेको चट्याङमा परी घटनास्थलमै ज्यान गएको हो ।

उनीसँगै बाख्रा चराउन गएका अन्य दुई जना महिला पनि सामान्य घाइते भएको उनले बताए । चट्याङ लागेर तीन वटा बाख्रा पनि मरेको डाँगीले जानकारी दिए ।

  • १४ जेष्ठ २०८१, सोमबार ०८:२० प्रकाशित
  • Nabintech