बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु
  • काँचुली खबर

१० जेठ, नेपालगन्ज । बर्दियामा बाघले आक्रमण गर्दा एक महिलाको ज्यान गएको छ । बाँसगढी नगरपलिका नजिकैको जंगलामा बाघको आक्रमण बाट ३५ वर्षिय मनिसा रोकायको मृत्यु भएको हो ।

बाँके जिल्लाको हसनापुर स्थायी घर भएकी रोकायलाई बाघले आक्रमण गरेको हो । बिहिबार आफ्नो घरबाट दिदिको घर जाँदै गरेकी रोकायलाई जनचेतना सामुदायिका वनमा बाघले आक्रमण गरेको हो ।

आक्रमणबाट मृत्यु भएकी रोकायको अहिले मुचुल्क भइरहेको इलाका प्रहरी कार्यालय मोतिपुरका सुचना अधिकारी रुपेश शाहले जानकारी दिए ।

  • १० जेष्ठ २०८१, बिहीबार १७:०३ प्रकाशित
  • Nabintech