काठमाडौंमा – गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको व्यापक सरुवा गरेको छ। गृह मन्त्रालयले बुधबार १६ सिडिओहरूको सरुवा गरेको छ भने ६ सहायक सिडिओहरूको पनि सरुवाको निर्णय गरेको छ। त्यस्तै गृह मन्त्रालय अन्तर्गतका शाखा र विभाग प्रमुखहरूको पनि सरुवा र जिम्मेवारी हेरफेर भएको छ। काठमाडौंका सिडिओ केदारनाथ शर्मालाई गृह मन्त्रालय तानेर नयाँ सिडिओमा रामप्रसाद आचार्यलाई ल्याइएको छ। आचार्य यसअघि मोरङको सिडिओ थिए। ललितपुर जिल्लाको सिडिओमा प्रेमराज जोशीलाई ल्याइएको छ। त्यस्तै, ३८ क्वीन्टल सुन तस्करी काण्ड र सनम शाक्य हत्या काण्डको छानबिनका लागि गठन गरिएको समितिका संयोजक ईश्वरराज पौडेलको पनि सरुवा भएको छ। उनलाई गृह मन्त्रालयबाट अध्यागमन विभागमा सरुवा गरेर पठाइएको छ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
९ श्रावण २०७५, बुधबार १९:१८ प्रकाशित