पत्रकार महासंघ बाँकेको साधारणसभा जेठ १९ गते गर्ने निर्णय
  • काँचुली खबर

९ जेठ, नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले साधारणसभाको मिति तय गरेको छ । बुधबार नेपालगन्जमा बसेको महासंघको बैठकले जेठ १९ गते शाखाको अधिवेशन तथा १४औं साधारण सभा गर्ने निर्णय गरेको हो ।

महासंघ केन्द्रले चुनावको मिति घोषणा गरेसँगै बाँके शाखाले साधारणसभा गर्ने निर्णय गरेको हो । महासंघको यहि जेठ २६ गते तिनै तहको निर्वाचन हुँदैछ ।

शाखा अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बसेको बैठकले निर्वाचन समिति समेत गठन गरेको छ । शाखाका सदस्य शरण कर्मचार्यको संयोजकत्वमा अधिवक्ता केशव कोईराला र महासंघका सदस्य दिपेन्द्र धिताल सदस्य रहेको निर्वाचन समिति गठन गरीएको हो ।

त्यसैगरी महासंघद्धारा स्थापना गरीएका पुरस्कार वितरणकालागी पुरस्कार छनौट समिति समेत गठन गरीएको शाखाका सचिव कमल डाँगीले जानकारी दिए । शाखाका पुर्व अध्यक्ष रुद्र सुवेदीको संयोजकत्वमा रहेको समितिको सदस्यमा डा. डक्ट प्रसाद धिताल र नविन गिरी रहेका छन ।

बैठकले शाखाको साधारण सभा तथा अधिवेशन भब्य रुपमा सफल बनाउने निर्णय समेत गरेको सचिव डाँगीले जानकारी दिए ।

  • ९ जेष्ठ २०८१, बुधबार १९:३० प्रकाशित
  • Nabintech