पेट्राेल ७ र डिजेलकाे मुल्य ५ रूपैयाँले घट्याे
  • काँचुली खबर

३ जेठ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोल प्रतिलिटर ७ रुपैयाँ तथा डिजेल र मट्टितेल  ५ रुपैयाँले घटाएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

घटेको मूल्य बुधबार राति १२ बजेपछि लागु हुनेछ ।

हाल पेट्रोलको अधिकतम मूल्य १ सय ७८ रुपैयाँ लिटर रहेकामा अब त्यो १ सय ७१ मा झरेको छ । डिजेल र मट्टितेलको मूल्य अधिकतम १ सय ५९ रहेकोमा त्यो १ सय ५४ मा झरेको छ ।

भारतबाट आयात हुने पेट्रोलको मूल्य घटेर आएकाले नेपालमा मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।

  • ३ जेष्ठ २०८१, बिहीबार ०८:३६ प्रकाशित
  • Nabintech