मधेश सरकारबाट बाहिरियो माओवादी, दुई मन्त्रीद्धारा राजीनामा
  • काँचुली खबर

३० बैशाख, जनकपुरधाम । नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन् ।

उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साहले राजीनामा दिएका हुन् । उनीहरूले मधेश भवन पुगेर मुख्यमन्त्री यादवलाई राजीनामा बुझाए ।

माओवादीले आजै सरकारबाट समर्थन फिर्ता लिने बताएको छ । आजै नेकपा एमालेका मन्त्री पनि राजीनामा दिने तयारीमा छन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजन भएसँगै त्यसको असर प्रदेश सरकारमा पर्न सुरू भएको छ ।

  • ३० बैशाख २०८१, आईतवार १६:५४ प्रकाशित
  • Nabintech