राप्तीसोनारीको कुसुममा झाडापखाला फैलियो
  • काँचुली खबर

२८ बैशाख, नेपालगन्ज । बाँके जिल्लाको दुर्गम मानिने राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा झाडापखाला फैलिएको छ । एक्कासी फैलिएको झाडापखालाबाट गाउँका २९ जना बिरामी परेका छन् भने एकको अवस्था गम्भीर रहेको राप्तीसोनारी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देबेन्द्र केसीले खोकना कुसुममा झाडापखाला फैलिएको जानकारी आउनसाथ कुसुम स्वास्थ्य चौकीबाट सो स्वास्थ्य चौकीका प्रमुख अमरसिंह महताराको नेतृत्वमा चार जना स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर उपचार सुरु गरेको बताए । उनले एक जनाको अवस्था गम्भीर देखिएकोले उहाँलाई स्वास्थ्य चौकीमा ल्याएर स्लाइन पानी चढाउने लगायतको उपचार भइरहेको बताए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

आफू पनि पखाला फैलिएको गाउँतर्फ गइरहेको जनाउँदै स्वास्थ्य शाखा प्रमुख केसीले पानी शुद्धिकरण गर्ने औषधी र पखालाका अन्य औषधीसहित आफूसँग चिकित्सक पनि सँगै गइरहेको बताए ।

झाडापखाला नियन्त्रणका लागि आवश्यक परेमा थप सहयोगका लागि स्वास्थ्य कार्यालय बाँकेमा पनि सम्पर्क गरेर समन्वय भइरहेको राप्तीसोनारीको स्वास्थ्य शाखाले जनाएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनको सचिवालयमा कार्यरत मानव नेपालीले राप्तीसोनारी १ को झाडापखाला बारे प्रदेश मन्त्रालयमा पनि जानकारी आएको जनाउँदै सो नियन्त्रणका लागि समन्वय र सहयोग गर्न स्वास्थ्य कार्यालय बाँकेलाई निर्देशन दिईएको बताए ।

अत्यधिक गर्मी र खानेपानीमा केही गडबडी भएका कारण सो गाउँमा झाडा पखाला फैलिएको जनाइएको छ ।

  • २८ बैशाख २०८१, शुक्रबार १७:१५ प्रकाशित
  • Nabintech