ईन्ट्रान्सको नाममा विद्यार्थी भर्ना नरोक्न अखिल (क्रान्तिकारी) को चेतावनी
  • काँचुली खबर

१८ बैशाख, कोहलपुर । नयाँ शैक्षिक शत्र सुरु भएसँगै विभिन्न विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीहरुको सँख्या बढ्दै गएको छ । तर बाँकेका कतिपय विद्यालयहरुले ईन्ट्रान्सका नाममा विद्यार्थीलाई भर्ना नगरी फिर्ता पठाउने गरेको भन्दै नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले गम्भीर आपत्ती जनाएको छ ।

अखिल (क्रान्तिकारी) कोहलपुर नगर समितिले सोमबार एक विज्ञप्ती जारी गर्दै विद्यार्थीहरुको पढ्न पाउने नैसर्गिक अधिकारलाई कुल्चर्दै ईन्ट्रान्सका नाममा विद्यार्थी फिर्ता पठाईएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अखिल (क्रान्तिकारी) कोहलपुर नगर समतिका कार्यबहाक अध्यक्ष जनक शर्मा (विनोद) द्धारा जारी गरीएको विज्ञप्तीमा भनिएको छ, “कोहलपुर नगरपालिका भित्र रहेका त्रिभुवन नमुना मा.वि., कृष्ण मा.वि., ज्ञानज्योती मा.वि. चप्परगौडी, ज्ञानज्योती मा.वि. बगिया, जनज्ञानज्योती मा.वि., राम मा.वि., लक्ष्मी मा.वि., सगरमाथा मा.वि., कोहलपुर मोडेल कलेज लगायतका विद्यालयहरुले विभिन्न बहानामा विद्यार्थीको पढन पाउने नैसर्गिक अधिकारालाई नै कुल्चिएर राज्यले नै विद्यार्थीलाई दिएको अधिकारलाई हनन गरी पढ्ने चाहना बोकी भर्ना हुन आएका विद्यार्थीहरुलाई फिर्ता पठाएर उल्लेखित विद्यालयहरुले गम्भिर त्रुती गरेको सुन्नमा आएको हुँदा हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तीकारी) कोहलपुर नगर समितिको गम्भिर ध्यानाकर्षण भएको छ ।”

गरिब दु:खी, सर्वहारा वर्गका छोराछोरीहरुलाई शिक्षाबाट बन्चीत गराउने कोही कसैलाई छुट नभएको उल्लेख गर्दैै विज्ञप्तीमा अगाडी लेखिएको छ, “पढ्न इच्छाशक्ती बोकेर आउने सम्पूर्ण विद्यार्थीहरुलाई भर्ना गर्न हाम्रो संगठन अखिल (क्रान्तिकारी) कोहलपुर नगर समिति जोडदार माग गर्दछ ।”

विज्ञप्ती मार्फत कुनै पनि बहानामा विद्यार्थीलाई भर्ना नगरेमा चरणवद्ध आन्दोलन गर्न बाध्य हुने संगठनले चेतावनी समेत दिएको छ ।

  • १८ बैशाख २०८१, मंगलवार १८:५१ प्रकाशित
  • Nabintech