१७ बैशाख, नेपालगन्ज । नेपालगन्जमा सञ्चालित एउटा औषधी पसललाई सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँके र औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जको संयुक्त अनुगमन टोलीले सोमबार उक्त पसल सिल गरेको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जिल्ला प्रशासन कार्यालय र औषधी व्यवस्था विभाग नेपालगन्जको संयुक्त अनुगमन टोलीले अनुगमन गर्दा कैफियत पाइएपछि नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ मा सञ्चालित वर्मा अञ्जला मेडिकल हललाई सिल गरिएको बताए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सर्वसाधारणले गरेको गुनासोको आधारमा उक्त औषधी पसलमा अनुगमन गरिएको औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी अधिकृत निरीक्षक दीपेन्द्रकुमार शाहले बताए । “उक्त औषधी पसलका बारेमा सर्वसाधारणले गुनासो गरेका थिए, गुनासोका आधारमा अनुगमनका क्रममा गैर व्यक्तिबाट औषधी पसल सञ्चालन गरेको पाइयो”, शाहले भने ।
निरीक्षक शाहले उक्त औषधी पसल सञ्चालन गर्न अनुमति लिएका व्यक्ति पसलमा नबसेर अनुमति प्राप्त नगरेका अर्का एकजना गैर व्यक्ति बसेर औषधी वितरण गर्नुका साथै नेपालमा दर्ता नभएका औषधी समेत सञ्चय गरेको पाइएकोले पसललाई सिल गरिएको बताए ।
आवश्यक थप अनुसन्धानका लागि पसलका सञ्चालकलाई औषधी व्यवस्था विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको उनले जानकारी दिए ।
१७ बैशाख २०८१, सोमबार १८:०० प्रकाशित