खण्डहर बन्दै नेपालगञ्ज रङ्गशाला, मैदानको दुबो सुक्यो
  • काँचुली खबर

फाईल तस्बिर ।

१७ वैशाख, नेपालगञ्ज । बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन् ।

खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले भने रङ्गशालाको निर्माण कार्य सकिएपछि असारपछि खेलकुदका गतिविधिले गति लिने बताए ।

पाँच वर्षअघि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा करिब एक अर्ब ५० करोड खर्च गरी खेलकुद संरचना बनाइएका थिए । हाल ती संरचना चालु अवस्थामा छैनन् । त्यतिबेला अत्याधुनिक फुटबल मैदान, प्यारापिट, अन्तर्राष्ट्रिय मापदण्डको स्वीमिङ पुल, भारोत्तोलन एकेडेमी, सुटिङ रेञ्ज, ह्यान्डबल, पार्केटिङसहितको भलिबल तथा ब्याडमिन्टन कोर्ट र बास्केटबल कोर्ट निर्माण गरिएका थिए ।

कार्यालय प्रमुख चन्दले खेलकुदमा सङ्घीयता लागू नभएको उल्लेख गर्दै समायोजन नभएका कारण समेत अन्यौल सिर्जना भएको बताए । उनले भने, ‘सरकाले यति धेरै लगानी गरेपछि यसलाई प्राथमिकतामा राखेर काम गर्नुपथ्र्यो ।’

अधिकांश प्रदेशका खेलकुदका कार्यक्रम बुटबल र दाङमा हुने गरेको उल्लेख गर्दै प्रमुख चन्दले राष्ट्रपति रनिङ शिल्डबाहेक अन्य कार्यक्रम नेपालगञ्जमा हुन नसकेका बताए ।

अहिले रङ्गशालामा सङ्घीय सरकारबाट आउने बजेट शून्य रहेको जानकारी दिँदै प्रमुख चन्दले रङ्गशालालाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा समिति गठन भएको र त्यसले बुझाएको प्रतिवेदनका आधारमा सञ्चालन हुने बताए ।

उनले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अभ्यास खेलहरु सञ्चालन गर्ने पर्खाइमा रहेको उल्लेख गर्दै प्रतियोगिता नहुँदा, नियमित रेखदेख र सम्भार नहुँदा फुटबल मैदानमा लगाइएको दुबोसमेत सुकेको बताए ।

रङ्गशालामा निर्माण कार्यसँगै नियिमित रुपमा बक्सिङ, तेक्वान्दोलगायत खेलको प्रशिक्षण पनि चलिरहेको उनले बताए ।

  • १७ बैशाख २०८१, सोमबार १४:१७ प्रकाशित
  • Nabintech