१७ बैशाख, नेपालगन्ज । सशस्त्र प्रहरीले बाँकेमा एकैदिन ६ लाख बढी मूल्य बराबरको अवैध रुपमा भन्सार छलीको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेबाट खटिएको टोलीले बाँकेका विभिन्न स्थानबाट करिब ६ लाख २४ हजार ३ सय ४० रुपैया बराबरको सामान भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गर्दा बरामद गरी भन्सार कार्यालय नेपालगञ्जमा बुझाएको हो ।
सशस्त्र प्रहरी बल नं. ३० गणका अनुसार त्यस कार्यालयबाट खटिएको टोलीले २ लाख ३४ हजार ४ सय ९० रुपैयाँ बराबरको लत्ताकपडा, पेय पदार्थ तथा किराना सामान, एक लाख ५० हजार मूल्य बराबरको सुर्ती, एक सय थान कि-प्याड मोवाईल सेट र ७९ हजार ५ सय बराबरको हरियो तरकारी पिप्रहवा क्षेत्रबाट बरामद गरेको हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

यसैगरी जमुनाहा नाकाबाट ४२ हजार ७ सय र विओपी कालावन्जर ईलाकाबाट १७ हजार १ सय बराबरको लत्ताकपडा, किराना सामान र हरियो तरकारी बरामद भएको प्रहरीले जनाएकाे छ । विलविजका शंकास्पद रहेको आशंकामा मालवाहक टाटा योद्धा पिकअप गाडी सहित चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपरमा बुझाईएकोमा ९५ हजार १ सय ५० रुपैया जरिवाना गरि छाडिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यस्तै अन्दाजी ५ हजार बराबरका प्रतिबन्धित बेईलर कुखुराका चल्ला एक सय वटा र त्यो सँगै एक क्यारेट अण्डा पनि बरामद गरि नेपालगञ्ज पशु क्वारेन्टाईन चेकपोष्ट जमुनाहामा बुझाई नष्ट गरिसके सशस्त्र प्रहरी बल नं. ३० गणले जानकारी दिएको छ ।
शनिबार एकै दिन बरामद गरिएको अवैध सामानहरु आईतबार आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल नं. ३० गण नेपालगन्जले जनाएको छ ।
१७ बैशाख २०८१, सोमबार ०८:४८ प्रकाशित