३० बैशाख २०८१, आईतवार
आफैले बनाएकाे पेस्ताेल पड्कदा बाँकेमा एक युवा घाईते
  • काँचुली खबर

१६ बैशाख, काेहलपुरबाँकेमा आफैले बनाएकाे पेस्ताेल पड्कदा एक युवा घाईते भएका छन । युट्युब हेरी काठ र फलामबाट आफैले बनाएको घरेलु कटुवा पेस्तोल पड्कदा राप्तिसोनारी गाउपालिका ५ चाचरफर्काका १६ वर्षिय सचिन थारु घाइते भएको इलाका प्रहरी कार्यालय बैजापुरले जनाएको छ ।

सचिनले हतियार बनाई आफ्नै पाईन्ट पछाडिको गोजिमा राखेको र गोजिबाट निकाल्ने क्रममा पड्केर दाहिने खुट्टाको पछाडीको हिपमा छर्रा लागेर घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त घटना भएको खबर प्राप्त हुनासाथ उनकाे उद्दार गरी उपचारकालागी मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंज पठाईएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सचिनले बनाएको हतियार नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएकाे छ ।

  • १६ बैशाख २०८१, आईतवार ११:२२ प्रकाशित
  • Nabintech