सिक्टाकाे नहरमा डुबेर बालककाे मृत्यु
  • काँचुली खबर

१५ बैशाख, काेहलपुर । कोहलपुर नगरपालिका ६ रझेनास्थित सिक्टा सिचाई आयाेजनाकाे नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । शनिबार बिहान ८ बजेतिर नहरमा पौडी खेल्ने क्रममा करिब ११ वर्षका बालकको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

पौडी खेल्न भनी नहरमा दुई जनाले हाम फालेको र उनीहरू नहरमा डुब्न थालेको थाहा पाएपछि स्थानीयले एक बालकको उद्धार गरेको तर अर्का बालक भने नहरमा बेपत्ता भएपछि प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

स्थानीयले उद्धार गरेर नहरबाट बाहिर निकालेका अर्का बालक बालक फरार भएपछि मृत बालकको पहिचान खुल्न समस्या भएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी भण्डारीले बताए ।

उनले भने, ‘‘मृतक बालक को हुन् ? भन्ने अझै पत्ता लागेको छैन, वरिपरिका गाउँमा खबर गरेर सनाखत गर्ने प्रयास जारी गरेका छौँ ।’’

अहिले गर्मीको मौसम भएको र बिदाका दिन बालकहरू नहर तथा खोला र तलाउमा पौडी खेल्न जाने गरेकोले अभिभावकले सचेत भएर सो तर्फ ध्यान दिन आग्रह गरिएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

  • १५ बैशाख २०८१, शनिबार १२:३७ प्रकाशित
  • Nabintech