अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण
  • काँचुली खबर

१३ बैशाख, खजुरा । बाँकेको खजुरा गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता अनुसार चालू आर्थिक वर्षमा जम्मा २७ जनालाई सहायक सामग्री वितरण गर्ने योजना अनुरूप बुधबार सहायक सामग्री वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले जानकारी दिए ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक (तुफान) उपाध्यक्ष मन्जु मल्ल, समाजिक बिकास संयोजक कृष्ण कुमारी पोखरेल, लेखा अधिकृत प्रदिप सुनार, वडाध्यक्ष, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शुशिला न्योपाने, सहितले अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वील चियर हस्तान्तरण गरेका हुन ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

हस्तान्तरण कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष विकले आगामी दिनमा पनि अपाङ्गता शसक्तिकरण र क्षमता विकासको लागि सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

समुदाय स्तरमा पूर्ण अशक्त तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिको दैनिक जीवन सञ्चालन, सहभागिता तथा गमनशीलतालाई सहज बनाउन ह्वील चियर उपलब्ध गराइएको खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले जानकारी दिईन ।

अपाङ्गताको क्षेत्रमा खजुरा गाउँपालिकाले थुप्रै कार्यक्रम गरिरहेको उनले दाबी गरीन ।

  • १३ बैशाख २०८१, बिहीबार १९:१० प्रकाशित
  • Nabintech