१४ बैशाख २०८१, शुक्रबार
विराटनगरको वडा नम्बर १४, जहाँ घरघरमा ग्यास पुर्‍याइँदैछ
  • काँचुली खबर

विराटनगर – अघिल्लो प्रधानमन्त्रीकालमा केपी ओलीले घर–घरमा पाइपलाइनबाट ग्यास पुुर्‍याउने प्रतिबद्धता जनाएका थिए । भारतीय नाकाबन्दीको कहर झेलिरहेका आमनागरिकलाई आश्वस्त पार्दै प्रधानमन्त्रीले भनेका थिए, अब सिलिन्डर युग सकियो, क्याट्ट खोल्यो, चुल्हो बाल्यो ।’

‘हावादारी सपना’ बाँडेको भन्दै उनको चर्को आलोचना भयो । अहिले बहुमतसहित प्रधानमन्त्री भएका उनले घरघरमा पाइपबाट ग्यास पुर्‍याउने कुरा गरेका छैनन् । रेल र पानी जहाजमा बढी जोड दिएका छन् ।

विराटनगर महानगरपालिकाको १४ वडाका घरघरमा वायोग्यास पुुर्‍याउन अहिले धमाधम पाइप बिछ्याउने काम भइरहेको छ । विराटनगर– १४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोवर संकलन गरी उत्पादन गरिएको वायोग्यास स्थानीयबासीको चुलोसम्म पुर्याउन लागिएको हो ।

तत्कालीन जिल्ला विकास समिति वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र र गौशालाका ८४ लाखमा ग्यास उत्पादन गर्ने गरी उपभोक्ताको घर घरमा ग्यास पुर्‍याउन पाइप लाइन विछयाउने काम अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समितिका ऊर्जा वातावरण अधिकृत ज्ञानेन्द्र सिंहले जानकारी दिए । उनले डेढवर्ष अघि शुुरु गरिएको सो प्लान्टवाट पहिलो चरणमा ३५ घरमा ग्यास पाइपबाट चुलोसम्म पुर्‍याउने योजना रहेको सुनाए । एक साता भित्रै पहिलो चरणमा ३५ घरमा पाइपबाट ग्यास वितरण गरिने छ, त्यसपछिका दिनमा थप १ सय घरमा ग्यास पुर्‍याउने योजना अनुरुप काम अघि वढाएका छौ’, उनले भने ।

गौशालाका व्यवस्थापक मोहितचन्द्र यादवका अनुसार गौशालामा २ सय ५ गाई छन । ती गाईबाट निस्कने दैनिक २ हजार केजी गोवरमार्फत् वायोग्यास उत्पादन गरिनेछ

  • ९ श्रावण २०७५, बुधबार ११:४१ प्रकाशित
  • Nabintech