नेपाल प्रधानाध्यापक संघ सुदुरपश्चिम प्रदेश अध्यक्षमा भट्ट चयन
  • काँचुली खबर

९ बैशाख, कैलाली । नेपाल प्रधानाध्यापक संघ सुदुरपश्चिम प्रदेश अध्यक्षमा लक्ष्मण दत्त भट्टलाई निर्वाचित भएका छन । शनिबार कैलालीमा सम्पन्न भएकाे संघकाे प्रदेश सम्मेलनले भट्टकाे नेतृत्वमा समिति चयन गरेकाे हाे ।

जसकाे उपाध्यक्षमा जितेन्द्र पौडेल, महासचिवमा विष्णु सिंह भण्डारी, सचिवमा विष्णु दत्त भट्ट, सदस्य सचिवमा पदम बहादुर शाह, कोषाध्यक्षमा विमाला वोकटी र उप-कोषाध्यक्षमा केशव राज ओझा सर्वसम्मत चयन भएका छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

त्यसैगरी सदस्यमा जगदीश प्रसाद चटाैट (डडेलधुरा),  पदम राज जोशी (वैतडी), तर्क राज जोशी (कैलाली), शुभराज पाध्याय (बाजुरा), रामदत्त जोशी (दार्चुला), देवेन्द्र बहादुर शाह (अछाम), रमेश ओझा (डाेटी), भवानी प्रसाद पन्त (कञ्चनपुर), सिताराम अवस्थी, महेश दत्त भट्ट, निर्प बहादुर बि.क., बेद प्रकाश जोशी र कृष्ण राज पाठक निर्वाचित भएका छन ।

सम्मेलनलाई सम्बोधन गर्दै सुदुर पश्चिम प्रदेश सरकारका  मुख्य सचिव डा. हरि लम्सालले सामुदायिक विद्यालय शैक्षिक गुणस्तर सुधारकालागि विद्यालयमा असल नेतृत्व आवश्यक हुनुपर्ने र असल नेतृत्वका लागि प्रधानाध्यापकहरु विद्यालयमा समर्पित भई आफ्नो मर्यादामा कटिबद्द भएर पेशामा लाग्नुपर्ने बताएका थिए । साथै प्रधानाध्यापक संघ नेपाल एउटा गैर राजनैतिक विशुद्ध  पेशागत संस्था रहेकाले निरन्तर विद्यालय सुधारमा लाग्ने कुरामा आफु विश्वस्त रहेको बताएका थिए ।

कैलालीका शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख बैकुण्ठ प्रसाद सुवेदीले विद्यालयहरुमा भैइरहेका असल अभ्यासहरु एक आपसमा आदान-प्रदान गर्नुपर्नेमा जोड दिएका थिए । प्राधानाध्यापकहरुले भोग्नु परेको समस्या समाधानका लागि एकतावद्ध  हुनु राम्रो संकेत भएको सुवेदीकाे भनाई थियाे ।

कार्यक्रममा नेपाल प्रधानाध्यापक संघका केन्द्रिय सचिव बेग बहादुर थापाले आफुलाई अब्बल नेतृत्वको रुपमा सावित गर्न पेशागत क्षमता अभिबृद्धिकालागी समेत यस संस्था आवश्यक रहेको दाबी गरेका थिए । उनले आफ्नो पेशालाई मर्यादित बनाउन र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै प्रधानाध्यापकहरुलाई जुट्न आग्रह गरे ।

नवनिर्वाचित सुदुरपश्चिम प्रदेश अध्यक्ष भट्टले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै प्राधानाध्यापकहरुको हक, हित र अधिकारका लागि कटिबद्द भएर प्रदेश समिति निरन्तर लागीपर्ने बताए ।

संघका सचिव थापाका अनुसार वैशाख ८ गते शनिबार एकैदिन ७ वटै प्रदेशमा एकसाथ नेपाल प्रधानाध्यापक संघ प्रदेश स्तरीय सम्मेलन सम्पन्न गरिएका छन् । यसै गरि एकसाथ नेपालका सबै जिल्लाहरुमा प्रधानाध्यापक संघ नेपाल गठन गरिने र आउँदो जेठ २६ र २७ गते काठमाडौंमा केन्द्रिय सम्मेलनको आयोजना गरिएको थापाले जानकारी दिए ।

  • ९ बैशाख २०८१, आईतवार ११:१८ प्रकाशित
  • Nabintech