१९ बैशाख २०८१, बुधबार
हर्बल उद्योगमा लागेको आगो ७ घण्टापछि नियन्त्रणमा आयो
  • काँचुली खबर

६ बैशख, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ स्थित पिप्रहवा चोकस्थित बाहुबली हर्बल उद्योग प्रा।लि।मा लागेको आगो नियन्त्रणमा आएको छ । गोदाममा बिहीबार बिहान ७ बजेबाट आगलागी सुरु भएको थियो । आगलागी दिउँसो २ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको हो ।

उद्योगको पर्खालभित्रको चउरमा थुपारेर राखिएको सल्लाको काठ र खोटोमा अचानक आगलागी भएको थियो । आगलागी नियन्त्रण गर्न बाँके र बर्दियाका ९, नेपाल प्रहरीको वाटर क्यानल १ र भारतको रुपैडिहाबाट १ गरी कुल ११ वटा दमकल प्रयोग गरिएको थियो । आगलागी नियन्त्रण गर्न प्रहरी उपरीक्षक तुलबहादुर कार्कीको कमाण्डमा १ सय १४ जना प्रहरी टोली परिचालित भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

आगो नियन्त्रण गर्नका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी कुल १ सय ६४ जना सुरक्षाकर्मी परिचालित भएका थिए । आगलागीबाट मानविय क्षति नभएपनि भौतिक क्षति भएको र विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बिद्युत तार सर्ट भएर एक्कासी आगलागी भएको बताइएको छ ।

  • ६ बैशाख २०८१, बिहीबार १७:२५ प्रकाशित
  • Nabintech