सल्यान बस दुर्घटना : घाइतेलाई उपचारकालागि बाँके र दाङ पठाईयो
  • काँचुली खबर

५ बैशाख, कोहलपुर । सल्यानमा भएको बस दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज र दाङ रेफर गरिएको छ ।

घोराहीबाट रुकुम जाँदै गर्दा सल्यानको बाग्चौर नगरपालिका-२ थारमारेस्थित ठिनबाङ्ग खोलामा बुधबार बिहान ११ बजेतिर पुलबाट खसेर दुर्घटना भएको रा १ ख २०८५ नम्बरको यात्रुबाहक बसका २२ घाइतेमध्ये नौ जनालाई थप उपचारका लागि नेपालगञ्ज र दाङका सुविधासम्पन्न अस्तापल पठाइएको हो ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

गम्भिर घाइते भएका त्रिवेणी गाउँपालिका २ रुकुम पश्चित बस्ने वर्ष २२ की चीत्रा पुन, वर्ष ६ का रेशम मगर, नारायण नगरपालिका-४ दाङकी वर्ष २६ की खिमा बिक, गाडी धनी वर्ष ४६ का बिष्णु बिक, तुलसिपुर उपमहानगरपालिका १० बिजौरी बस्ने वर्ष २९ को कृष्ण चौधरी, नारायणपुर नगरपालिका १० दाङ्ग बस्ने वर्ष ३६ की दिलकुमारी गोतामे, तुलसिपुर उपमहानगरपालिका ६ बस्ने वर्ष ३४ का गाडी चालक पुर्ण शम्शेर जबरा, तुलसिपुर उपमहानगरपालिका-७ बस्ने वर्ष ४९ की ठगी बुढा र वर्ष ४७ की कुम्भ कुमारी बुढालाई नेपालगन्ज र दाङ्ग रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रनाउ नविन कार्कीले बताए ।

उनका अनुसार उनीहरुको नेपालगन्ज र दाङ्गका बिभिन्न अस्पतालमा उपचार भैरहेको छ । बस अनियन्त्रित भएर २ जना घाइते भएका थिए । चारको अबस्था गम्भीर रहेको थियो ।

  • ५ बैशाख २०८१, बुधबार १५:३५ प्रकाशित
  • Nabintech