८ बैशाख २०८१, शनिबार
मिति तए भएसंगै निर्माण कार्य तिब्र
  • काँचुली खबर

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएपछि भौतिक संरचनाहरुको काम धमाधम भैरहेको छ । आठौं राष्ट्रिय खेलकुदको लागि भौतिक संरचना तथा विभिन्न तयारी समिति समेत गठन गरि आठौं राष्ट्रिय खेलकुद सफल पार्न जुझारुका साथ लागेका छन् ।  भौतिक संरचना के कस्तो गतिमा अगाडी बढिरहेको छ त्यसबारे खेलकुद मन्त्रालयको टिम बाँकेको विभिन्न ठाउँमा निर्माणधिन संरचनाहरुको मंगलवार अनुगमन गरेको छ । युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा सहितको मन्त्रालयका सचिव, सदस्य सचिव लगायतको टिमले निर्माणधिन संरचनाको अवस्था वारे अनुगमन गरेका हुन् ।

आठौं राष्ट्रिय खेलकुद मंसिर २१ देखि २८ गतेसम्म हुने भएपछि भौतिक संरचना लगायतका विभिन्न छलफललाई क्षेत्रिय खेलकुद विकास समिति बाँकेले तिव्र रुपमा अगाडी बढाएको छ । अनुगमन टिमले खजुरा गाउँपालिकाको ज्ञानोदाय नमुना माविमा रहेको खेलमैदान, खजुराकै शुक्र भलिवल स्टेडियम, नेपालगन्जको जुडो भवन लगायतको निर्माणधिन भवन  अनुगमन गरिएको हो । शुक्र भलिवल स्टेडियमको जेठ ९ गते सम्झौता भई निर्माण कार्य अगाडी बढाएको हो ।

 

९४ लाखको लागतमा निर्माणधिन स्टेडियममा ३५ सय जना अट्ने प्याराफिट सहितको हल निर्माण कार्य भैरहेको क्षेत्रिय खेलकुद विकास समिति बाँकेका अध्यक्ष भिम ओलीले जानकारी दिनुभयो । शुक्र माविको ४ विगहा जमिनमा रहेको स्टेडियम साढे १ कठ्ठा जमिनमा निर्माण भैरहेको अध्यक्ष ओलीले जानकारी गराउनुभयो । ‘झण्डै १ अर्बका भौतिक पूर्वाधारहरु आठौंको सेरोफेरोमा निर्माण भैरहेका छन उहाँले भन्नुभयो ।

  • ८ श्रावण २०७५, मंगलवार १८:३० प्रकाशित
  • Nabintech