सभामुख कृष्ण बहादुर महराले शैक्षिक भवनको शिलान्यास गरे
  • काँचुली खबर

महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको नयाँ शैक्षिक भवनको शिलान्यासका लागी आएका महराले पश्चिम नेपालको मुटुको रुपमा रहेको नेपालगन्जलाइ शैक्षिक हबको रुपमा विकास गर्नूपर्ने बताउनुभएको छ ।  शैक्षिक विकासका लागि धैरै पुर्वाधारको खाचाँे रहेको बताउदै उहाँले सबै मिलेर समग्र नेपालको शैक्षिक स्थिती सुधार गर्नूपर्ने उहाँले बताउनुभयो ।  बाँके क्षेत्र नं. १ प्रतिनिधीसभा सदस्य महेश्वर गहतराजले नेपागन्जमा शैक्षिक हब बनाउनसके भारतबाट समेत विद्यार्थीहरु अध्ययनका लागि आउने बताए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

 

पाँच करोड ९२ लाख हाराहारीको लागतमा निर्माण गर्न लागीएको नयाँ शैक्षिक भवनको निर्माण जिम्मा रोयल कन्ट्रसन  धनगढीले पाएको छ ।  ५९ औँ त्रि. वि दिवसको अवसरमा  नयाँ शैक्षिक भवनको निर्माण कार्य आगामी एक वर्ष भित्र पुरा हुने जनाएको छ ।  प्रचण्ड प्रधानमन्त्री र महरा अर्थमन्त्री भएको बेला बिनीयोजन गरिएको बजेटले नयाँ शैक्षिक भवन बन्ने र यसले विद्यार्थी, शिक्षक सबैलाई सहज रुपमा अध्ययन, अध्यापन गराउन मद्दत पुग्ने जनाएको छ । उता भारतीय दुतावासद्धारा बनाईने भनिएको भवनको निर्माण कार्य भने अझै अधुरै रहेको छ ।   

कार्यक्रममा बाँके क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य नन्दलाल रोकाय, प्रदेश सभा सदस्य कृष्णा के.सी नमुना, बाँके का प्रमुख जिल्ला अधिकारी, महेन्द्र बहुमुखी क्याम्पसका प्रचार्य गणेश रेग्मी लगाए बिभिन्न सररकारी तथा गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

  • ८ श्रावण २०७५, मंगलवार १७:५० प्रकाशित
  • Nabintech