बच्चा जन्माएर मकै बारीमा फाल्ने आमा पक्राउ
  • काँचुली खबर

१ बैशाख, काेहलपुर । आफैले जन्माएर शिशुलाई मकै बारीमा फाल्ने निर्दयी आमालाई प्रहरीले पक्राउ गरेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका-८ ओभरीस्थित मकै बारीमा सालनालसहित फालिएको अवस्थामा प्रहरीले नवजात शिशुको
बुधबार सकुशल उद्धार गरेको थियो ।

मकैबारीमा सालनालसहित नवजात शिशु फालेर भागेकी राप्तीसोनारी-४ कुम्भरकी २६ वर्षीया सीता थारुलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्थानीय ज्योती खड्काले आफ्नो मकै बारीमा बच्चा रोइरहेको सुनेपछि हेर्न जाँदा सालनाल सहितको शिशु फेला पारेकी थिइन । त्यसपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् ।

ईलाका प्रहरी कार्यालय धामपुरको नियन्त्रणमा रहेकी सीताले नवजात शिशु फालेको स्वीकार गरेकी छन् ।

शिशुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

  • १ बैशाख २०८१, शनिबार १०:५५ प्रकाशित
  • Nabintech