३० चैत, काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले मलेसियालाई ५ विकेटले हराएको छ। मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ मा ५ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ३२ रन बनाए। त्यस्तै कप्तान रोहित पौडेलले २८, कुशल भुर्तेलले २४, दीपेन्द्र सिंह ऐरीले २० र कुशल मल्लले ७ रन बनाए। त्यस्तै गुल्शन झा १९ र सन्दीप जोरा १२ रनमा अविजित रहे।
यसअघि मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरको खेलमा ३ विकेट गुमाएर १४३ रन बनाएको हो।
मलेसियाका लागि कप्तान विरनदीप सिंहले अविजित ७२ रन बनाए। त्यस्तै सर्विन मुनियान्डीले ४१ र मोहम्मद अमिहरले १६ रन बनाए। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ र अविनाश बोहोराले १ विकेट लिए।
३० चैत्र २०८०, शुक्रबार १९:३० प्रकाशित