२७ चैत्र, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा सामान्य अंकको वृद्धि भएको छ। नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ को बिन्दुमा कायम हुँदा चार अर्बभन्दा बढीको कारोबार भएको हो।
मंगलबार ३१५ कम्पनीको ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर ७२ हजार २६१ पटक खरिदबिक्री भएको थियो। जसबाट चार अर्ब १४ करोड ३७ लाख ८३ हजार ९८९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
मंगलबार होटल तथा पर्यटन समूह ०.६८, उत्पादन तथा प्रशोधन समूह १.४६ र लघुवित्त समूह १.१४ प्रतिशतले घटेको छ। अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै वित्त समूह २.७९ र अन्य समूह २.४२ प्रतिशतले बढेको छ।
त्यसैगरी, बैंकिङ ०.३२, विकास बैंक ०.६७, जलविद्युत् ०.७६, लगानी ०.६९, जीवन बीमा ०.४९, म्युचुअल फन्ड ०.५०, निर्जीवन बीमा १ र व्यापार समूह ०.४० प्रतिशतले बढेको छ।
जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल फाइनान्स लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्य समान ९.९९ प्रतिशतले बढेको छ। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ करोड आठ लाख १० हजार ९२० रुपैयाँ बराबरको तीन लाख ६१ हजार कित्ता शेयर किनबेच भएको छ।
२७ चैत्र २०८०, मंगलवार १६:३२ प्रकाशित