५ वर्षदेखी नविकरण नभएका हतियार जफत गर्दै बाँके प्रशासन
  • काँचुली खबर

२७ चैत्र, नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले पाँच वर्षभन्दा बढी समयदेखी नविकरण नभएका इजाजत प्राप्त हतियार जफत गर्ने भएको छ । गृह मन्त्रालयको पछिल्लो निर्देशन अनुसार बाँके प्रशासनले पाँच वर्ष भन्दा बढी अवधिदेखि नविकरण हुन नसकेका इजाजत प्राप्त हतियारको ईजाजत खारेज गरी जफत गर्ने तयारी गरेको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना गर्दै यस्तो तयारी गरेको बताएको छ ।

पछिल्लो समय हातहतियार ईजाजत प्राप्त ब्याक्तिले मात्र प्रयोग गर्नुपर्नेमा अन्य ब्यक्तीले पनि प्रयोग गरेको हुन सक्ने, हतियारको दुरुपयोग भएको हुन सक्ने आशंका बढेकाले ईजाजत प्राप्त हतियारको दुरुस्तता जाँच गर्नुपर्ने देखिएको कार्यालयले जनाएको छ । हतियार सहित नविकरणका लागि कार्यालयमा आउन प्रशासनले ३५ दिने सूचना जारी गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

वर्षेनी नियमित नविकरण हुन नसकेका हतियारको भौतिक अस्तित्वको अध्यावधिक अवस्था र दुरुस्तताको जानकारी राख्न मात्र होइन, हतियारको प्रयोगको अनुगमन र नियमन गर्न पनि कठिनाई भएकाले सूचनामार्फत अध्यावधिक समेत हुन प्रशासनले सार्वजनिक रुपमा सूचना जारी गरेको उनले बताए ।

प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार ३५ दिन भित्र ईजाजत प्राप्त हतियार लिएरै सम्बन्धित ब्यक्ती र संस्था स्वयं प्रशासनमा उपस्थित हुनुपर्नेछ । ‘पाँच वर्षभन्दा बढी नविकरण हुन नसकेका हतियारको ईजाजत खारेज गरी हतियार जफत गर्ने गृह मन्त्रालयको निर्देशन छ,’ प्रजिअ पोखरेलले भने ।

बाँकेमा उल्लेख्य संख्यामा हतियार नविकरण हुन नसकेको प्रजिअ पोखरेलले बताएका छन् । यद्यपी संख्या भने उल्लेख गरेका छैनन् । ईजाजत प्राप्त हतियारको प्रयोग र दुरुस्तता एकिन गर्न प्रशासनले कुनै कसर बाँकी नराख्ने उनले बताए ।

  • २७ चैत्र २०८०, मंगलवार १४:३१ प्रकाशित
  • Nabintech