कोहलपुर नगर शिक्षा शखामा अनिश्चितकालीन तालाबन्दी
  • काँचुली खबर

२७ चैत्र, कोहलपुर । कोहलपुर नगर शिक्षा शखामा अनिश्चितकालीन तालाबन्दी गरीएको छ । आधारभुत तह उतीर्ण परीक्षाको नतिजा प्रकाशनमा चलखेल भएको भन्दै अनेरास्ववियु तथा युवा संघ नेपालको टोलिले नगर शिक्षा प्रमुखको कार्यकक्षमा तालाबन्दि गरेको हो ।

अनेरास्ववियु बाँकेले सोमवार चेतावनि सहित विज्ञप्ति जारी गर्दै विज्ञ सहितको छानविन समिती नवनाए चरणबद्ध आन्दोलनमा उत्रिने जनाएको थियो । आधारभुत तहको परिक्षामा भएको घोटलाको बिरोधमा र उक्त घोटलाको छानबिनका लागि विभिन्न माग राखि २४ घण्टे अल्टिमेटम दिंदा समेत त्यसलाई नगरपालिकाले नजर अन्दाज गरेकाले तालाबन्दि गर्न बाध्य भएको अनेरास्ववियु बाँके जिल्ला अध्यक्ष प्रकाश विकले बताए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

आफ्ना मागहरू बेवास्ता गरी बार्तामा समेत नबोलाई शैक्षिक क्षेत्रमा जोडीएका दलाल र माफियाहरूलाई संरक्षण गर्ने अभिप्रायले गरेको ब्यवहारप्रती अनेरास्ववियु बाँकेको गम्भीर ध्यानाकर्षण भएको विकद्धारा जारी गरीएको विज्ञप्तीमा भनिएको छ ।

विद्यार्थी हक र अधिकारका लागि र कोहलपुर नगरपालिकाको आधारभूत तह उतिर्ण परिक्षाको परिक्षाफल निष्पक्ष छानबिनका लागि कोहलपुर नगरपालिकाको शिक्षा शाखा विरूद्ध चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषण गर्दै अनेरास्ववियुले आज कोहलपुर नगरपालिकाको शिक्षा तथा खेलकुद शाखा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको हो ।

त्यसो त आज उक्त शाखामा अधिकृत शिला गौतम बाहेक अन्य कर्मचारी उपस्थित थिएनन् ।

  • २७ चैत्र २०८०, मंगलवार १४:११ प्रकाशित
  • Nabintech