८ जेष्ठ २०८१, मंगलवार
सर्वमान्य छानविन समिति गठन गर्न अखिल (क्रान्तिकारी) काे माग
  • काँचुली खबर

२७ चैत्र, काेहलपुर । हालै सम्पन्न माध्यामिक शिक्षा परिक्षाकाे नतिजा प्रकाशनमा मनाेमानी भएकाे भन्दै अखिल (क्रान्तिकारी) कोहलपुर नगर समितिको गम्भिर ध्यानाकर्षण भएको जनाएकाे छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै अखिल (क्रान्तिकारी) ले कोहलपुर नगरपालिकाद्वारा सञ्चालन गरेको शैक्षिक सत्र २०८० को आधारभूत तह (BLE) को वार्षिक परिक्षाको नतिजा प्रकाशन गर्दा गम्भिर प्रकृतिको मिलेमतो भएको भनी तथ्य सहित प्रकाशित समाचार प्रति संगठनकाे गम्भिर ध्यानाकर्षण भएको जनाएकाे हाे ।

नगर सरकारले उक्त घटना ढाकछोप गर्न कर्मकाण्डि समिती बनाएको भन्दै संगठनले सर्वमान्य नयाँ समिती गठनकाे माग समेत गरेकाे छ । अखिल (क्रान्तिकारी) काेहलपुर नगर समितिका कार्यवाहक अध्यक्ष जनक शर्मा (विनोद) र ईन्चार्ज मनोज बुढा क्षेत्रीद्धारा हस्ताक्षरीत बिज्ञप्तिमा काेहलपुरकाे नतिजा प्रकाशन सम्बन्धि छानविन गर्न भनि नगर सरकारद्वारा गठन गरिएको छानविन समिति केवल अपराध ढाकछोप गर्ने उद्देश्यले गठन गरिएको ठहर गर्दै उक्त छानविन समितिका व्यक्तिहरुनै स्वयं यो विषयमा विवादित भएकाले गठित छानविन समितिप्रति सम्पूर्ण सरोकारवाला पक्षको विश्वशनियता गुमिसकेका उल्लेख गरीएकाे छ । साथै उक्त छानविन समितिलाई विगठन गरी शैक्षिक क्षेत्रको विज्ञ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सरोकारवाला संघ संस्था समेतको प्रतिनिधित्व हुने गरी नयाँ सर्वसम्मत छानविन समिति गठन गरी निश्पक्ष छानविनकाे माग समेत गरीएकाे छ ।

कुनै पनि बहानामा मुद्दाको सुनुवाईमा ढिला सुस्ति गरिएको खण्डमा अखिल (क्रान्तिकारी) कोहलपुर नगर समिति चरणबद्ध आन्दोलनको घोषणा गर्न बाध्य हुने विज्ञप्ति मार्फत चेतावनी समेत दिईएकाे छ ।

यसअघि अनेरास्ववियु बाँके र नेकपा एमाले काेहलपुर नगर कमिटिले समेत विज्ञप्ति जारी गर्दै घटनाकाे निश्पक्ष छानविन गर्न नयाँ छानविन समिति गठन हुनुपर्ने धारणा सार्वजनिक गरीसकेका छन ।

  • २७ चैत्र २०८०, मंगलवार १२:३५ प्रकाशित
  • Nabintech