२५ चैत्र, काेहलपुर । कोहलपुरमा आईतबारदेखि अनलाइन र मोबाइल पत्रकारिता सम्बन्धि २ दिने तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा कोहलपुर नगरपालिकाको सहयोगमा सुरु भएको तालीमको काेहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले उदघाट्न गरेका छन ।
तालिमकाे उद्घाटन सत्रमा बोल्दै कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यले मोबाइल र अनलाइन पत्रकारिता तालीमले पत्रकारहरुलाइ खोज मुलुक समाचार संकलन र सम्प्रेषणमा सहयोग पुग्ने बताए । उनले प्रविधिको विकाससंगै ठुला क्यामरा बोक्नु पर्ने र क्यामरा पर्सन समेत आवश्यक पर्ने समस्यालाई मोबाइल तालीमले सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले पत्रकारले निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताइन । उनले पत्रकार सधैं स्वतन्त्र भएर समाचार लेख्नुपर्नेमा जोड दिइन ।
तालीममा प्रशिक्षक जनक नेपाल, रचना बज्राचार्य लगायतले सहजीकरण गरिरहेका छ्न । सोमबारसम्म संचालन हुने तालिममा बाँके जिल्लाका करिब ५० जना पत्रकारहरुको सहभागिता रहेको छ ।
२५ चैत्र २०८०, आईतवार १०:५२ प्रकाशित