आयरल्यान्डले नेपाललाई दियो १७५ रनको लक्ष्य
  • काँचुली खबर

२३ चैत्र, काठमाडौँ। गेभिन होईको अर्धशतकमा आयरल्यान्ड उल्भ्सले तीन एक दिवसीय शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाललाई १७५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

आयरल्यान्डका गेभिन होईले सर्वाधिक ५० रन बनाए । उनले ५९ बलमा ५ चौका र २ छक्का प्रहार गरे । उनले आठौँ विकेटका लागि लियाम म्याकार्थीसँग ५४ रनको साझेदारी गरे।

यस्तै, कप्तान नील रकले ३८ बलमा ३ चौकासहित ४४ रन बनाए ।

लियाम म्यार्क्थी ३५ र पिटर मुरले १७ रन बनाउँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका रिजन ढकाल र शाहब आलमले ३-३ विकेट लिए ।

श्याम ढकालले २ विकेट लिँदा कमलसिंह ऐरीको नाममा १ विकेट रह्यो ।

  • २३ चैत्र २०८०, शुक्रबार १२:३५ प्रकाशित
  • Nabintech