२३ चैत्र, नेपालगन्ज । सदभाव दैनिक एवं सेतोखरी अनलाइनमा प्रकाशित समाचारका बिषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सुवास बोहराले नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष समेत रहेका उक्त पत्रिका/अनलाइनका सम्पादक दामोदर भण्डारीलाई समाचार रोक्न दिएको धम्कीपूर्ण दवावका बिषयमा बिहीवार नेपालगन्जमा पत्रकार सम्बद् संगठनहरुबीच आकस्मिक बैठक बसेको छ ।
जिल्ला प्रहरी प्रमुख बोहराले भण्डारीलाई समाचार रोक्न दिएको अनुचित धम्कीपूर्ण दवावप्रति गम्भीर चासो र चिन्ता प्रकट गर्दै समग्र जिल्लाको सुरक्षाको जिम्मेवारी निर्वाह गर्ने पदमा रहेको व्यक्तिले प्रदर्शन गरेको व्यवहार संविधानप्रदत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी रहेको बैठकले ठहर गरेको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
आकस्मिक बैठकले यो लगायत पछिल्ला दिनमा राज्यका निकायबाट एकपछि अर्को गरी बाँकेमा पत्रकार एवं प्रेस स्वतन्त्रता माथि नियोजित तरिकाबाट प्रहार गर्ने गरी भइरहेका घटना रोक्न संयुक्तरुपमा प्रतिवाद गर्ने र निष्पक्ष एवं भयरहित तरिकाले पत्रकारिता गर्ने वातावरण निर्माणका लागि थप छलफल गरी धारणा सार्वजनिक गर्ने निष्कर्ष निकालेको छ ।
छलफलमा महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, महासंघ लुम्बिनी प्रदेश समिति उपाध्यक्ष शुक्रऋणी चौलागाई, पूर्व केन्द्रीय सदस्य झलक गैरे, पूर्व अध्यक्ष निरज गौतम, पूर्व अध्यक्ष रुद्र सुवेदी, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस युनियनका अध्यक्ष प्रियास्मृती ढकाल, प्रेस सेन्टरका अध्यक्ष राजेश आचार्य सहित अग्रज पत्रकार एवं महासंघका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए । बैठकले बिहीवारको छलफलका आधारमा थप धारणा सार्वजनिक गर्दै अघि बढ्ने निष्कर्ष निकालेको छ ।
२३ चैत्र २०८०, शुक्रबार ०७:४० प्रकाशित