१५ बैशाख २०८१, शनिबार
५० वर्षको उमेरमा एसइई दिँदै खजुराका वडाध्यक्ष शेष
  • काँचुली खबर

१६ चैत्र, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष गरिबे शेषले ५० वर्षको उमेरमा माध्यमिक शिक्षा परीक्षा ९एसइई० दिएका छन ।

जनप्रतिनिधिको रुपमा दिनरात खटिने उनको पछिल्ला केही दिनको दैनिकी फेरिएको छ।

शेष २०८० सालको परीक्षामा सहभागी भएका छन । ज्ञानोदय मावि खजुराको खुला शिक्षा अन्तर्गत जनता मावि परीक्षा केन्द्रबाट शेष परीक्षा दिईरहेका छन ।

एसइईमा राम्रो तयारीका लागि वडामा सदस्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेर आफु अध्ययनमा केन्द्रित भएको शेषले बताए । शेषले भने, ‘पहिले अभिभावकले धार्मिक शिक्षा पढाउनुभयो, अहिले मलाई औपचारिक शिक्षा पढ्न मन लाग्यो, एसइई राम्रो गरेर थप उच्च शिक्षाको अध्ययन गर्ने रहर छ।’

उनले अहिले आफू परीक्षा दिइरहेको बताबताउँदै ससाना नानी बाबू परीक्षामा सहभागी भएको देख्दा आफूले बाल्यकालमा किन पढ्न पाइनँ भन्ने लागे पनि पढाइ अघि बढाउने इच्छाशक्ति भए उमेर बाधक नहुने उनको भनाइ छ।
गोरखापत्रबाट

  • १६ चैत्र २०८०, शुक्रबार १६:५४ प्रकाशित
  • Nabintech