१५ बैशाख २०८१, शनिबार
लक्ष्मी माविमा भएकाे अनियमितताकाे छानविन गर्न अखिल क्रान्तिकारीकाे माग
  • काँचुली खबर

४ चैत्र, काेहलपुर । बाँकेकाे काेहलपुरमा रहेकाे लक्ष्मी माध्यमिक विद्यालयमा अनियमितता भएकाे भन्दै अखिल क्रान्तिकारी बाँकेले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आईतबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा विद्यालयका तत्कालिन प्रधानाध्यापकद्वारा आर्थिक अनियमिता भएको बारे संचारमाध्यममा आएको समाचार प्रति अखिल क्रान्तिकारीले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हाे ।

काेहलपुर नगरपालिका वडा नं. २ मा अवस्थित विद्यालयमा भएकाे आर्थिक अनियमितताकाे घटनाप्रति चासाे लिदैं अखिल क्रान्तिकारीले घटनाकाे तत्काल छानबिन गरी दाेषीलाई कारबाहिकाे दायरामा ल्याउन माग गरेकाे छ । विद्यालयमा भएकाे अनियमितताकाे बारेमा गत माघ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्ज बाँकेमा मुद्दा दर्ता भएको भनिएपनि उक्त उजुरी हालसम्म पनि छानबिन नहुनु संकास्पद तथा दु:खद भएकाे उल्लेख गर्दै अखिल क्रान्तिकारीले ढिला सुस्ति र राजनितिक ढाकछोप भएको ठहर गर्दै तत्काल छानबिन गरी दोषिलाई कानुन सम्वत कारबाही गर्न सम्बन्धित सरोकारवाला निकायसँग जोडदार माग गरेको छ ।

कुनै पनि बाहानामा मुद्दाको सुनुवाईमा ढिला सुस्ति गरिएको खण्डमा अखिल क्रान्तिकारी जिल्ला समिति बाँके चरणबद्द आन्दोलनको घोषणा गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख गरीएकाे छ । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष महेश बस्नेत र सचिव सुनिल वटालाद्धारा संयुक्त रुपमा हस्ताक्षरित प्रेस विज्ञप्तिमा आन्दोलनबाट उत्पन्न हुने सम्पुर्ण क्षतिको जिम्मेवारी सम्बन्धित सरोकारवाला निकायले लिनुपर्ने चेतावनी समेत दिईएको छ ।

  • ४ चैत्र २०८०, आईतवार १६:१० प्रकाशित
  • Nabintech