२९ फागुन, कोहलपुर । सहकारी केन्द्र नेपाल, लुम्बिनी प्रदेश समितिले पुर्णता पाएकाे छ । मंगलबार दाङको लमहीमा बसेको केन्द्रको पहिलो बैठकले हरी प्रसाद चालिसेलाई अध्यक्षमा चुनेकाे छ ।
केन्द्रका जेष्ठ सदस्य कमला थापाको अध्यक्षतामा बसेको बैठकले पदाधिकारी टुङ्ग्याएकाे हो । जसको उपाध्यक्षमा प्रकाश पोखरेल (प्युठान), मोतीलाल ढकाल (रुपन्देही), सचिवमा विश्व प्रकाश अधिकारी (दाङ), सह-सचिवमा कृष्ण भुषाल (पाल्पा) र कोषाध्यक्षमा लालु राना चयन भएका छन । एक जना उपाध्यक्ष भने चयन हुन बाँकी रहेको नवनिर्वाचित अध्यक्ष चालिसेले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यसअघि भएकाे भेलाले पदाधिकारी पछि चयन गर्ने गरी केन्द्रकाे ४५ सदस्यीय कमिटि चयन गरीएकाे थियाे ।
बैठकले सहकारी केन्द्र नेपाल, लुम्बिनी प्रदेश अन्तर्गतका सबै जिल्ला, उपमहानगरपालिका, नगरपालिका र गाँउपालिकामा चैत्र मसान्तसम्म भेला सम्पन्न गर्ने निर्णय समेत गरेको चालिसेले बताए ।
बैठकमा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, उपाध्यक्ष लुमाकान्त न्यौपाने, सचिव कृष्ण अधिकारी, सहकारी केन्द्र नेपालका केन्द्रीय बरिस्ठ उपाध्यक्ष रबिन्द्र केसी, लुम्बिनी प्रदेश सहकारी केन्द्रका पार्टी फ्याक्सन ईन्चार्ज लक्ष्मी प्रसाद शर्मा लगाएतको सहभागीता रहेको थियो ।
२९ फाल्गुन २०८०, मंगलवार १८:५८ प्रकाशित