चैत्र ६ गतेदेखी नेपालगञ्जमा प्रदेशस्तरीय महोत्सव हुने
  • काँचुली खबर

२९ फागुन, नेपालगन्ज । आगामी चैत्र ६ देखी १८ गतेसम्म नेपालगञ्जमा प्रदेशस्तरीय महोत्सव संचालन हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजनामा ‘सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सव’ संचालन हुने भएको हो ।

नेपालगन्जमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवबारे जानकारी गराईएको हो । स्थानीय वाटरपार्कको खुला मैदानमा १३ दिनसम्म महोत्सव संचालन गरीने नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काले बताईन । उनले स्थानीय स्रोतको सदुपयोग गरेर उत्पादन गरिएका लघु घरेलु तथा साना उद्योगहरुद्वारा उत्पादित विभिन्न बस्तुहरुको बजारीकरणका लागि प्रदेशस्तरको महोत्सव गर्न लागिएको बताईन ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

महोत्सवमा २५० देखि ३०० वटासम्म विभिन्न स्टलहरु राखिने जनाउँदै अध्यक्ष खड्काले ती स्टलहरुमा कृषि, वनपैदावर, हस्तकला, उर्जा, बायोग्यास लगायतका सामग्रीहरु प्रदर्शनी गरिने जानकारी दिईन ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुद्वारा हरेक दिन साँस्कृतिक कार्यक्रम आयोजना गरिने जनाउँदै नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जीआर भुषालले एक लाख ५० हजारदेखि दुई लाखसम्म दर्शकले अवलोकन गर्ने महोत्सवमा दुई करोड जतिको आर्थिक कारोबार हुने अपेक्षा गरिएको बताए ।

  • २९ फाल्गुन २०८०, मंगलवार १७:५६ प्रकाशित
  • Nabintech