२९ फागुन, नेपालगन्ज । भारतले प्लाइउडको निर्यातमा अवराेध गरेपछि नेपालगन्ज नाकाबाट हुँदै आएकाे प्लाइउड निकासी बन्द भएकाे छ ।
रुपैडिहास्थित भारतीय भन्सार कार्यालयले गुणस्तर प्रमाण चिह्नका नाममा अवरोध सिर्जना गरेपछि पश्चिमको सबैभन्दा ठुलो नाका नेपालगन्जबाट प्लाइउडको निकासी रोकिएको हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
बाँकेका प्लाइउड उद्योगी एवं प्लाइउड उत्पादक सङ्घ नेपालका सदस्य पशुपति दयाल मिश्रले भारतले गुणस्तर प्रमाण चिह्नका नाममा अवरोध सिर्जना गरेपछि गत एक मार्चदेखि नेपालगन्ज नाकाबाट प्लाइउड निर्यात बन्द भएको बताए ।
उद्योगी मिश्रले भारतीय कस्टमको यो अवरोध कायमै रहने हो भने नेपालका ६० प्रतिशतभन्दा बढी प्लाइउड उद्योग तत्कालै खर्च धान्न नसकेर बन्द हुने बताए ।
पछिल्लो समय भारतमा अत्यधिक मात्रामा नेपाली प्लाइउड निर्यात भएसँगै उद्योगीमा उत्साह जगाएको थियो । यसरी धमाधम निर्यात भइरहेको नेपाली प्लाइउडमा बाधा उत्पन्न हुने गरी भारतले गुणस्तर प्रमाण चिह्नको झमेला झिकेर निर्यात रोकेपछि तनाव सिर्जना भएको उद्योगीको भनाइ छ ।
ओम प्लाई एन्ड फर्निचर प्रालिका सञ्चालकसमेत रहनुभएका उद्योगी मिश्रले केही दिनपहिले सो समस्या लिएर नेपाली उद्योगीहरूको एक टोलीले भारतीय कस्टम कमिस्नरलाई भेटेर समस्या अवगत गराए पनि कुनै सुनुवाइ नभएको बताए ।
सोही प्रकारले बाँकेका अर्का उद्योगी तथा शिखर प्लाई उद्योगका सञ्चालक चम्पालाल बोथराले गुणस्तर प्रमाण चिह्नका नाममा निर्यात रोकिने अवस्था कायमै रहने हो भने केही दिनमै अधिकांंश उद्योग बन्द हुने बताए ।
उनले यसका लागि नेपाल सरकारले भारतीय सरकारसँग समन्वय गरेर यो समस्या तत्काल समाधान गर्नुपर्ने बताए । नेपालको पूर्वी नाका पानीट्याङ्कीबाट प्लाइउड निकासी जारी रहे पनि पश्चिमको नेपालगन्ज नाकाबाट भने रोकिएको उद्योगी व्यवसायीको भनाइ छ ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार, पछिल्लो सात महिनामा मात्रै करिब १७ करोड रुपियाँ मूल्य बराबरको प्लाई यो नाकाबाट भारत निकासी भएको थियो ।
नेपालमा उत्पादित उत्तिसका बिरुवाबाट निर्मित प्लाइउडको माग भारतीय बजारमा प्रशस्तै रहेको उद्योगी व्यवसायीहरू बताउँछन् । जसका कारण पूर्वी र पश्चिमी दुवैतर्फका नाकाबाट भारततर्फ गत आवमा मात्रै ६० लाख क्युबिक मिटर बढी प्लाइउड निर्यात भएको थियो । धेरै निर्यात हुने ३० वस्तुभित्रको सूचीमा परेको प्लाइउड पछिल्लो पाँच महिनामा मात्रै २७ लाख क्युबिक मिटर निर्यात भएकोे छ ।
भारत सरकारले गत भदौ १४ मा राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी फेबु्रअरी २८ पछि प्लाइउडमा आइएसआई प्रमाण अनिवार्य गरिएको जनाएको थियो ।
गाेरखापत्रबाट
२९ फाल्गुन २०८०, मंगलवार ०८:३२ प्रकाशित