तिन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सरकारको निर्णय
  • काँचुली खबर

२८ फागुन, काठमाण्डौं । सरकारले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

गण्डकीमा पृथ्वीमान गुरूङ, मधेसमा हरिशंकर मिश्र र सुदूरपश्चिममा देवराज जोशी प्रदेशमा छन्।

रिक्त हुने पदहरूमा मधेस प्रदेशका लागि सुमित्रा भण्डारी, गण्डकी प्रदेशका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका लागि नजिर मियाँलाई प्रमुख नियुक्त गर्न सिफारिस गर्ने निर्णय बैठकले गरेको शर्माले बताइन्।

उनले प्रदेश सरकार र केन्द्र सरकारबीच आवश्यक समन्वय गर्नका लागि प्रदेश प्रमुख पदमुक्त गरी नयाँ नियुक्त गरिएको बताइन‍्।

‘प्रदेश र केन्द्र सरकारको बीचमा आवश्यक समन्वय जरूरी हुन्छ। अहिले प्रदेशहरूमा देखिरहेकै छौं। कतै विश्वासको मत फिर्ता लिने त कतै मन्त्रीहरूलाई बर्खास्त गर्ने काम भइरहेको छ। त्यसकारण राजनीतिक रूपमा सरल र सहज होस्, प्रदेश र केन्द्रको राजनीतिक दृष्टिकोण समान होस् भनेर गरिएको हो,’ उनले भने।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसको साथ छाडेर नेकपा एमालेको लिएसँगै त्यसको असर प्रदेश सरकारहरूमा देखा परेका थिए। प्रदेश सरकारहरूमा मन्त्रीहरू हेरफेर र बर्खास्त भएका थिए।

  • २८ फाल्गुन २०८०, सोमबार १८:२७ प्रकाशित
  • Nabintech