नेपालगन्जबाट ३९ लाख नगद सहित तीन जना पक्राउ
  • काँचुली खबर

२८ फागुन, नेपालगन्ज । प्रहरीले नेपालगन्जबाट स्रोत नखुलेको ३९ लाख २० हजार रुपियाँ सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु दुई जना बर्दिया र एक जना बाँकेको रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराका अनुसार प्रहरीले नेपालगन्जबाट श्रोत नखुलेको ३९ लाख २० हजार रुपियाँसहित राजापुर-१ बर्दियाका २० वर्षीय अनुप थारु, बर्दियाकै पुर्णिमा थारु र नेपालगन्ज-१६ जयसपुरका हसिब जसगढलाई पक्राउ गरेको हो । एक जना नेपालगन्ज ११ का जसगढ केही रकम लिएर फरार भएकोले उनको खोजी भइरहेको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनले पक्राउ परेकाहरुले सो रकम कहाँबाट के कामका लागि ल्याएका हुन् वा उक्त रकम कसको हो भन्ने बारेमा गहिरिएर अनुसन्धान गरिरहेको बताए । प्रहरीले उनीहरुको साथबाट नगद रकमसहित बैंकका विभिन्न भौचरहरु समेत बरामद गरेको छ ।

बरामद गरिएको रकम हुण्डि कारोबारका लागि प्रयोग गर्ने गरिएको हो कि भन्ने प्रश्नको उत्तरमा बाँकेका प्रहरी प्रमुख एसपी बोहोराले सो बारेमा अनुसन्धान भइरहेकोले अहिले नै यकिनका साथ केही भन्न नसकिने बताए ।

नेपालगन्जको न्यूरोडमा एउटा सटर भाडामा लिएर पक्राउ परेका र फरारहरुले हुण्डी कारोबार गर्दै आएको आशंका भने गरिएको छ ।
-गोरखापत्रबाट

  • २८ फाल्गुन २०८०, सोमबार १३:४१ प्रकाशित
  • Nabintech