२५ फागुन, काेहलपुर । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले नेपाली काँग्रेसले नेपाली जनताको त्याग संघर्ष र बलिदानबाट स्थापित परिवर्तनका पिलरहरु भत्काउन खोज्दा गठबन्धन फेरिएको बताएका छन ।
बिहिबार कोहलपुरमा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिले आयोजना गरेको प्रदेश स्तरिय मिडिया सम्मेलन २०८० लाई सम्बोधन गर्दै उपाध्यक्ष सापकोटाले काँग्रेसले संविधान माथि नै प्रहार गर्न खाेजेपछि गठबन्धन फेरीएकाे खुलासा गरेका हुन ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
मिडिया सम्मेलनको प्रमुख अथिति समेत रहेका उपाध्यक्ष सापकोटाले नेलाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले आफ्नो महासमिति बैठकमा धर्मनिरपेक्षतालाई बहसको बिषय बनाउदै नेपालमा हिन्दुराज्य कायम गर्ने निर्णयले मुलुक पश्चगमनतिर लान खोजेको पुष्टि गरेको बताए ।
उनले गणतन्त्र संघियता र धर्मनिरपेक्षता परिवर्तनका प्रमूख आधारशिला भएकोले यसमा कुनैपनि सम्झौता गर्न सकिने अवस्था रहेकाे समेत प्रष्ट पारे ।
सापकोटाले जनताको बलिदानीबाट प्राप्त उलब्धीको रक्षा गर्न सम्पूर्ण प्रेस जगत एकढिक्का भएर लाग्न अपिल गरे ।
यस्तै कार्यक्रमका अर्का बक्ता नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य महेश्वर गहतराज अथकले देशको सुशासन र सामाजिक न्यायको पक्षमा नेपाली प्रेस जगतको महत्त्वपूर्ण भुमिका रहने बताए । देशको प्रहरी प्रशासन र पत्रकारहरु साच्चिकै ईमान्दारपुर्वक लाग्ने हो भने राष्ट्रमा शुसासन स्वत कायम हुने बताउदै उनले भने, “पछिल्लो समयमा भएको प्रबिधिको बिकासले पत्रकारिता क्षेत्रमा चुनौती थपेको छ यसलाई चिर्न नयाँ प्रविधि को बिकाससंगै आफ्नो शिप र क्षमताको बिकास गर्न जरुरी छ ।”
पुर्वमन्त्री समेत रहेका अथकले अहिलेको समयमा सबैभन्दा शक्तिशाली क्षेत्र मिडिया भएकाे उल्लेख गर्दै कुन वर्गको पक्षमा भुमिका निर्वाह गर्ने भन्ने बिषय पत्रकार स्वयंले बुझ्नुपर्ने बताए ।
प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिका अध्यक्ष मानसिङ विककाे अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, सचिव कृष्ण अधिकारी, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा जुगल, नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेल, प्रेस सेन्टर नेपालका नेताहरु खिला राज भण्डारी, निर्मल ज्ञवाली, शन्तोष पौडेल, अजयदिप शर्मा, प्रेस चौतारीका नेता रुद्र सुवेदी, सन्चारीका समुहकी रुपा गहतराज लगायतले बर्तमान अवस्थामा मिडिया क्षेत्रको चुनौती र खेल्नुपर्ने भुमिकाका बिषयमा चर्चा गरेका थिए ।
२५ फाल्गुन २०८०, शुक्रबार ०७:५९ प्रकाशित