मिडिया सम्मेलनकाे तयारी तिब्र, सापकाेटाले उद्घाटन गर्ने
  • काँचुली खबर

२२ फागुन, नेपालगन्ज । प्रेस सेन्टर नेपालले बाँकेमा ‘लुम्बिनी प्रदेश स्तरीय मिडिया सम्मेलनकाे तयारी तिब्र पारीएकाे छ । ‘शान्ति, समृद्धि, स्थायित्व र अग्रगमनका लागि जनपक्षीय पत्रकारिता श्रम अधिकार, समृद्धि र सुशासन जनपक्षीय पत्रकारिताको लागि हाम्रो अभियान’ भन्ने मुल नाराका साथ उक्त सम्मेलन हुन लागेको हो ।

यही फागुन २४ र २५ गते कोहलपुरस्थित शहिद स्मृति भवनमा सम्मेलन गर्ने तयारी भइरहेको प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष एवं सम्मेलन तयारी समितिका संयोजक मानसिंह विश्वकर्माले जानकारी दिए । उक्त सम्मेलनको प्रमुख अतिथी एवम नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रचार विभाग इन्चार्ज अग्निप्रसाद सापकोटाले उद्घाटन गर्ने तय भएको प्रेस विश्वकर्माले बताए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सम्मेलनको उद्घाटन शत्रमा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगलसहित केन्द्रीय पदाधिकारी, नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रीय अध्यक्ष गोविन्द आचार्य लगायत विशिष्ट ब्यक्तिहरुको उपस्थिती रहने भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रेस सेन्टरमा आवद्ध १ सय ५० बढी पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहने अध्यक्ष विश्वकर्माले बताए । सम्मेलनको पुर्वसन्ध्यामा प्रेस सेन्टर लुम्बिनी प्रदेश समितिले मंगलबार नेपालगन्जमा बाँकेस्थित अगुवा पत्रकारहरुसँग छलफल गरी सुझाव लिएको छ ।

प्रेस सेन्टर लुम्बिनी प्रदेशका अध्यक्ष विश्वकर्माको अध्यक्षता एवं सेन्टरका केन्द्रीय सचिव सिराज खानको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष निरज गौतम, महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, पुर्वउपाध्यक्ष रुपा गहतराज, नेपाल प्रेस युनियन बाँकेका निर्वतमान अध्यक्ष अर्जुन ओली, युनियन बाँकेका सचिव भिष्म लोध, सञ्चारिका समुह बाँकेका अध्यक्ष रुपनी जिएम, पत्रकार बिक्रम बुढाक्षेत्री लगायतले मिडिया सम्मेलनमा उठ्नुपर्ने पत्रकारिता क्षेत्रका विभिन्न विषयबारे सुझाव दिए ।

सुझाव पश्चात प्रेस सेन्टरका केन्द्रीय सचिव खान र प्रदेश अध्यक्ष विश्वकर्माले बाँकेका अगुवा पत्रकारबाट प्राप्त सुझावलाई मिडिया सम्मेलन तथा जारी हुने घोषणा पत्रमा समावेश गर्ने प्रतिवद्धता ब्यक्त गरे । उक्त कार्यक्रम सञ्चालन प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेश सचिव आलम खानले गरेका थिए ।

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सदस्य डा. डक्टप्रसाद धिताल, प्रेस सेन्टरका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, प्रदेश सचिव गजेन्द्र गुरुङ, जिल्ला अध्यक्ष राजेश आचार्य, नेपाल पत्रकार महासंघ बाँकेका सह-सचिव कृष्ण ओली लगायत प्रेस सेन्टरका जिल्ला, स्थानीय तहका कार्यसमिति पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

  • २२ फाल्गुन २०८०, मंगलवार २०:१८ प्रकाशित
  • Nabintech