१७ बैशाख २०८१, सोमबार
मिथ्या र भ्रामक सुचना नियन्त्रणमा सबैले भुमिका खेल्नुपर्नेमा जाेड
  • काँचुली खबर

२१ फागुन, नेपालगन्ज । बाँकेमा मिथ्या र भ्रामक सुचना नियन्त्रणबारे सञ्चार साक्षरता कार्यशाला सम्पन्न भएको छ । पाल्पा विकास केन्द्रको आयोजनामा गनापुरमा एक दिने कार्यशाला सम्पन्न भएकाे हाे ।

विभिन्न सामाजिक सञ्जाल तथा अनलाईन एवं सञ्चार हाउसबाट सम्प्रेषण हुने समाचार र सुचनाहरु मिथ्या र भ्रामक समेत हुने गर्छन भन्ने बारे सहभागिहरुलाई सचेत गराउदै पाल्पा विकास केन्द्रका किरण कौशलले सञ्चार साक्षरता सम्बन्धि प्रशिक्षण प्रदान गरेका हुन ।

गलत तथा नियतवश रूपमा सम्प्रेषण गरीने मिथ्या सुचना बारे चर्चा गर्दै कौशलले मिथ्या सुचनाले लोकतन्त्र कमजोर पार्ने मात्र नभई समाजलाई नै दुषित बनाउने बताए । हरेक सुचना र समाचारमा तथ्य, तथ्यांक, घटना, घटनाक्रम, स्रोत ब्यक्ति, अभिब्यक्ती, तस्बिर समय र सन्दर्भ समेत प्रष्ट हुनुपर्ने भन्दै काैशलले छिट्टै विश्वास गर्दा समेत मिथ्या सुचना सम्प्रेशन गर्न अभिप्रेरित हुने भन्दै यस्ता विषयहरुमा हरेक ब्यक्ति तथा संस्था सचेत हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्माले मिथ्या र भ्रामक सुचना नियन्त्रणमा सबैले भुमिका खेल्नुपर्नेमा जाेड दिएका थिए । मिथ्या र भ्रामक सुचनाले आम नागरीकमा भ्रम उत्पन्न हुने उल्लेख गर्दै शर्माले पछिल्लाे समय प्रयाेगमा आएका सामाजिक संजालका कारण थप समस्या बढेकाे जिकिर गरे ।

उनले नयाँ पुस्तासँगै सामाजिक संजालकाे पहुँचमा रहेका हरेक ब्यक्तिकालागी मिथ्या र भ्रामक सुचना नियन्त्रणबारे सञ्चार साक्षरता अभियान चलाउनुपर्नेमा जाेड दिए ।

कार्यक्रममा नेपालगन्ज ग्यालरीका संचालक शमिरमान श्रेष्ठ, स्ववियु अध्यक्षहरु देबेन्द्र बुढा, निरा चौधरी, विनय यादव र माधव खत्रिले समेत कार्यशालामा आफ्नो भनाई राख्दै यस्ता बिषयलाई अभियानका रुपमा लैजानुपर्ने उल्लेख गरेका थिए ।

बाँकेका बिभिन्न ४ क्याम्पसका स्ववियु पदाधिकारी, पत्रकार तथा क्लवका प्रतिनिधिहरूको उल्लेख्य सहभागितामा सम्पन्न कार्यशालाले समाचार सम्प्रेषण र सुचना प्रकाशनका विषयमा जानकार गराएको सहभागिहरुले प्रतिक्रिया दिएका छन ।

  • २१ फाल्गुन २०८०, सोमबार १८:०२ प्रकाशित
  • Nabintech