नेपालले नेदरल्याण्डसलाई ६ विकेटले हरायो
  • काँचुली खबर

१९ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेदरल्याण्डसविरुद्धको खेलमा नेपालले दोस्रो जित निकालेको छ । शुक्रबार नामिबियाबिरुद्ध ३ रनको रोमाञ्चक जित निकालेको नेपालले आज शनिबार नेदरल्याण्डसलाई सजिलै हराएको हो ।

१२१ रनको सहज लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा लक्ष्य भेटाउँदै नतिजा आफ्नो पक्षमा पारेको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नेपालको जितमा कप्तान रोहित पौडेलले ४६, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन जोडे ।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९.३ ओभरमा सबै १० विकेट गुमाएर १२० रन बनाएको थियो ।

नेदरल्याण्ड्सका म्याक्स ओडाउडले सर्बाधिक ३१ रन बनाए । टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३-२३ र स्कट एडवार्ड्सले १८ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

नेपालका प्रतिश जिसीले तीन, करण केसी र कुशल मल्लले दुईरदुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए ।

  • १९ फाल्गुन २०८०, शनिबार १४:३९ प्रकाशित
  • Nabintech