१६ बैशाख २०८१, आईतवार
भारती मानन्धरले गरीन बीस सेवन, अवस्था स्थिर
  • काँचुली खबर

१५ फागुन, नेपालगन्ज । नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छिन् । मंगलबार साँझ ४ बजेको आसपास भारतीले विषय सेवन गरेको पाइएको बाँके प्रहरीले जनाएको छ ।

अहिले भारतीको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था स्थिर रहेको बाँके प्रहरीले जनाएको छ । उनले किन विष सेवन गरेकी हुन् थाहा हुन नसकेको र त्यस विषयमा अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

  • १५ फाल्गुन २०८०, मंगलवार २०:१८ प्रकाशित
  • Nabintech