क्रिकेट खेलाडीको तलब बढ्यो, ४९ खेलाडीको सम्झौता थप
  • काँचुली खबर

१४ फाुगन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीको वर्गीकरण हेरफेर गर्दै सम्झौता थप गरेको छ ।

क्यानको शनिवार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले वर्गीकरण हेरफेर गर्दै सम्झौता २०२४ का लागि थप गरेको हो ।

क्यानले खेलाडी सम्झौतामा यस पटक थप गरेको छ । पुरुषतर्फ १८ जना सम्झौतामा रहेकोमा अहिले बढाएर ३० पुर्‍याएको छ । भने महिलातर्फ १२ जना रहेकोमा त्यसलाई बढाएर १९ पुर्‍याएको छ ।

क्यानले राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल सहित केन्द्रिय सम्झौताको ‘ए’ ग्रेडमा परेका ६ खेलाडीलाई मासिक १ लाख रुपैयाँ तलब दिने भएको छ ।

पुरुषतर्फ ‘बी’ ग्रेडलाई ७० हजार, ‘सी’ लाई ५५ हजार, ‘डी’ लाई ३५ हजार तथा इमर्जिङ क्याटगोरीलाई २५ हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

त्यस्तै महिलातर्फ ‘ए’ ग्रेडका खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ‘बी’ ग्रेडलाई ३५ हजार, ‘सी’ लाई ३० हजार, ‘डी’ लाई २५ हजार तथा इमर्जिङ क्याटगोरीलाई २० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

पुरुषतर्फ ३० खेलाडीले केन्द्रिय सम्झौता प्राप्त गर्दा महिलातर्फ १९ जना ग्रेडीङमा परेका छन् ।

पुरुषतर्फ ग्रेडस्

ग्रेड ए : रोहित पौडेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल

ग्रेड बी : कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित नारायाण राजवंशी, अभिनाश बोहोरा

ग्रेड सी : विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा, प्रतिश जिसी

ग्रेड डी : पवन सर्राफ, सागर ढकाल, अनिल शाह, विवेक कुमार यादव, आकाश चन्द, बसिर अहमद, सूर्य तामाङ

इमर्जिङ क्याटगोरी : दीपेश कँडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती, हेमन्त धामी

महिलातर्फ ग्रेडस्

ग्रेड ए : इन्दु वर्मा, रुविना क्षेत्री, सिता रानामगर

ग्रेड बी : कविता कुँवर

ग्रेड सी : पुजा महतो, अश्मिना कर्मचार्य

ग्रेड डी : अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ, विन्दु रावल

इमर्जीङ : सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्स्निका मरासिनी, कन्चन श्रेष्ठ, रुवी पोदार, सृष्टि जैशी, सम्झना खड्का, सना प्रविन

  • १४ फाल्गुन २०८०, सोमबार १४:५५ प्रकाशित
  • Nabintech