१५ बैशाख २०८१, शनिबार
नेपालले क्यानडालाई दियाे २१७ रनकाे लक्ष्य
  • काँचुली खबर

६ फागुन, काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपाल एले क्यानडालाई २१७ रनको लक्ष्य दिएको छ ।

मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो ।

नेपालका लागि बसिर अहमदले सर्वाधिक ५० रन जोडे । तेस्रो नम्बरमा आएका राशिद खानले ४० रनको योगदान दिए ।

बसिरले अन्तिम बलमा अर्धशतक पूरा गरेका थिए । उनले ५५ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । साहब आलम २ रनमा नटआउट रहे ।
ओपनरद्वय अर्जुन कुमाल र मयन यादवले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । आठौं ओभरको पाँचौ बलमा अर्जुन क्यानडाका कप्तान साद बिन जफरबाट क्याच आउट भए । उनले १४ बलमा ४ रन जोडे ।
पहिलो विकेट खसेपछि भने नेपालको रनगति रोकिएको थियो । १५ औं ओभरमा टिमको स्कोर ५१ रन हुँदा मयन यादव आउट भए । हर्ष ठाकरले मयनलाई कट बिहाइन्ड गराए । उनले ५६ बलमा ४ चौका र १ छक्कासहित ३५ रन जोडे ।
त्यसपछि कप्तान विनोद भण्डारी १८ औं ओभरमा आउट भए । उनी विपक्षी कप्तान सादको बलमा एलबीडब्लू आउट भए । उनले ११ बलमा १ चौकासहित ५ रन बनाए ।
सन्दीप जोरा २४ औं ओभरमा पेभेलियन फर्किए । २५ बलमा २ चौकासहित १४ रन जोडेका उनी शहिद अहमदजाईको बलमा लङ अनमा क्याच आउट भए ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका राशीद खानले ६६ बलमा ५ चौकासहित ४० रन जोडे । उनी ३४ औं ओभरमा सादकै बलमा बोल्ड भए । किरण ठगुन्नाले डिलोन हेलिगरको बलमा क्याच आउट हुनुअघि २५ रन बनाए । ३२ बलको सामना गर्दै उनले ३ सुन्दर चौका प्रहार गरे ।
त्यसपछि विवेक र बसिरले ७४ बलमा ५९ रनको साझेदारी गरे । विवेकले ३४ बलमा १ चौका र १ छक्कासहित २१ रन बनाए । उनी सर्ट थर्ड म्यानमा क्याच आउट भए । प्रतिश जिसी ३ बलमा ४ रन जोड्दै मिडविकेटमा क्याचआउट भए ।
क्यानडाका लागि कप्तान सादले १० ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । इश्वरजोत सोधीले २ तथा डिलोन हेलीगर, हर्ष ठाकर र सहिद अहमदजाईले १-१ विकेट हात पारे ।
मुलपानी क्रिकेट मैदानमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालको लागि कप्तान विनोद भण्डारी रहेका छन् ।
नेपालले यू१९ टोलीका ओपनर अर्जुन कुमाललाई ओपनरमा खेलाउँदा मधेश प्रदेशका मयन यादव उनको साथमा आएका थिए । त्यस्तै राशीद खान तेस्रो नम्बरमा आएका थिए ।

क्यानडाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

  • ६ फाल्गुन २०८०, आईतवार १२:५२ प्रकाशित
  • Nabintech