१९ बैशाख २०८१, बुधबार
गोरखा स्कुलद्धारा वार्षिक कार्ययोजना सार्वजनिक
  • काँचुली खबर

५ फागुन, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलले शैक्षिक सत्र २०८१ का लागी आफनो वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । शनिबार अभिभावक भेलाको आयोजना गर्दै स्कुलले वार्षिक कार्ययोजना सार्वजनिक गरेको हो ।

विद्यालयको तर्फबाट कार्ययोजना प्रस्तुत गर्दै विद्यालयकी प्रिन्सिपल साधना थापाले आउदो शैक्षिक सत्रदेखि कक्षागत रुपमा कक्षा १ देखि ३ र कक्षा ९ देखि १२ सम्म स्माट बोर्डको प्रयोग गर्ने योजना सुनाईन । उनले विद्यालयमा छात्रा सुरक्षा योजना अनुरुप बिभिन्न रक्षात्मक खेलमा जोड दिनुका साथै शिक्षकहरुलाई आईसिटि तालिम प्रदान गरि दक्ष बनाउने योजना रहेको उल्लेख गरिन ।

युग सुहाउदो आजको शिक्षा अत्यन्त आवश्यक भईसकेको सन्दर्भमा थापाले विद्यालयमा ब्यवहारिक र वैज्ञानिक शिक्षालाई जोड दिंदै प्रयोगात्मक सिकाईलाई प्राथमिकता दिने योजना रहेको बताईन ।

पाठ्यक्रम, पाठ्यपुस्तक, सिकाइ प्रक्रियाको निर्धारणमा विद्यार्थी, शिक्षक, बिज्ञ र अभिभावकको प्रत्यक्ष संलग्नताको सुनिश्चितता हुनेगरी बिद्यालयका भौतिक, शैक्षिक, आर्थिक र वातावणिय प्रक्रियाहरु विद्यार्थी केन्द्रित, दीर्घकालीन सोच र उपयोगमा आधारित भएर तय गर्दै गोरखाले कोहलपुर क्षेत्रमा आफनो विद्यालयलाई नमुना विद्यालय बनाउन चाहेको थापाको भनाई थियो ।

प्रिन्सिपल थापाले विद्यालयमा योग शिविर सञ्चालन गर्ने र त्यसको लागि शुल्क निर्धारणमा अभिभावकहरुलाई सहजकर्ताको भुमिकामा उभिईदिन आग्रह गरिन ।

भेलामा उपस्थित अभिभावकहरुले शिक्षण विधिका अलावा शिक्षकहरुको स्थायीत्वका सवालहरुमा विद्यालय गम्भिर बन्नैपर्ने बताएका छन । सोसल क्राईम, ट्राफिक सचेतना, बुक लेस वा नो टेष्ट बुक कार्यक्रमप्रति पनि विद्यालयले ध्यान दिनु पर्ने उल्लेख गर्दै अभिभावकहरुले भर्चुयल बैठकमार्फत अभिभावक शिक्षा तथा अभिभावक सचेतना कार्यक्रम समेत संचालन गर्नुपर्नेमा जोड दिए ।

आजभोली बालबालीकाहरु मोबाईलको लतमा फस्दै गएको प्रति चिन्ता ब्यक्त गर्दै आभिभावकहरुले अनुशासनमा समेत गिरावट आउन सक्ने भन्दै सचेत रहन विद्यालय प्रशासन समक्ष आग्रह गरे ।

विद्यालयका संस्थापक एवं सञ्चालक अध्यक्ष केशर बहादुर आले मगरको अध्यक्षता तथा कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको सहजिकरण विद्यालयका एकेडेमिक सुपरभाईजर भद्र बहादुर शाहिले गरेका थिए ।

अभिभावकहरुको राय सुझावलाई आत्मसाथ गर्दै उल्लेखित फिड ब्याकलाई ब्याकअपका रुपमा विद्यालयले ग्रहण गरेको भन्दै विद्यालयका संस्थापक तथा सञ्चालक अध्यक्ष केशर बहादुर आले मगरले अभिभावकहरुले दिएको राय सुझावलाई विद्यालयको कार्ययोजनामा समावेश गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।

  • ५ फाल्गुन २०८०, शनिबार १४:५३ प्रकाशित
  • Nabintech