८ जेष्ठ २०८१, मंगलवार
सहिद परिवारकाे घर बनाईदिदै वाइसीएल बाँके
  • काँचुली खबर

२ फागुन, जानकी। नेकपा (माओवादि केन्द्र) काे युवा संगठन वाइसीएल नेपालले जनयुद्धका सहिद परिवारकाे घर निर्माण गरिदिने भएकाे छ । जनयुद्ध दिवसकाे अवसर पारेर बाँकेकाे जानकी गाउँपालिका वाइसीएल कमिटीले सहिद नगेश्वर रैदासको परिवारकाे घर निर्माण सुरू गरेकाे हाे ।

जानकी गाउँपालिका वडा नं. ३ कालिकापुर्वाका सहिद नगेश्वर रैदासको परिवारकालागी २ कोठाको घर र शौचालय बनाउने कार्य सुरू गरीएकाे वाइसीएल नेपालका केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज किस्मत अलि शेष (जीत) ले जानकारी दिए ।

शेषको नेतृत्व तथा वाइसीएल नेपाल श्रम तथा रोजगार बिभाग केन्द्रिय सदस्य इरफान अलि (अरसद), बाँकेका सचीव नरेन्द्र दाडेल, जानकी गाउँपालिका इन्चार्ज बिजय कुमार बर्मा, कोहलपुर नगर अध्यक्ष लाल बहादुर खडका, राप्ती साेनारी गाउँपालिका इन्चार्ज सुजल खड्का लगायत वाइसीएल जानकी कमिटीका युवाहरुको विशेष पहल तथा श्रमदानमा रैदासकाे घर निर्माण सुरू गरीएकाे हाे ।

फागुन १ गतेदेखि श्रमदान मार्फत घर निर्माण सुरू भएकाे जानकारी दिदै वाइसीएल बाँके ईन्चार्ज शेषले निर्माण सम्पन्न भएपछि सम्बन्धित परिवारलाई हस्तान्तरण गरिने बताए ।

  • २ फाल्गुन २०८०, बुधबार ०८:२३ प्रकाशित
  • Nabintech