८ जेष्ठ २०८१, मंगलवार
जनयुद्ध दिवसमा खजुरा गाउँपालिकाले दियो सार्वजनिक बिदा
  • काँचुली खबर

२९ माघ, खजुरा । फागुन १ अर्थात् जनयुद्ध दिवसको दिन बाँकेको खजुरा गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको छ।

खजुरा गाउँपालिकाको २८ माघमा बसेको गाउँ कार्यपालिकाको बैठकले फागनु १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले जानकारी दिए ।

देशको राजनीतिक, सामाजिक, सांस्कृतिक परिवर्तनका लागि जनयुद्ध र जनयुद्धमा सहादत दिने सहिदको ठूलो योगदान रहेकाले ऐतिहासिक दिनको सम्मान गर्दै जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरिएको अध्यक्ष विकले बताए ।

“संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको जगका रुपमा रहेको सशस्त्र जनयुद्ध सुरु भएको दिन २०५२ फाल्गुन १ गतेको स्मरण गर्दै यस गाउँपालिकामा अत्यावश्यक सेवा बाहेक पालिकाभित्रका सरकारी कार्यालय, संघसंस्था सबै बन्द रहनेछन् ।” गाउँपालिकाद्धारा जारी सूचनामा भनिएको छ ।

  • २९ माघ २०८०, सोमबार १८:२६ प्रकाशित
  • Nabintech