१७ बैशाख २०८१, सोमबार
कोहलपुरकाे जाडाेलाई ज्याेती मगरकाे चुनाैती, तात्तिए दर्शक
  • काँचुली खबर

२८ माघ, काेहलपुर । तराईमा जाडाे केही कम हुँदै गएकाे छ । माघकाे अन्तिम सातासम्म आईपुग्दा दिउँसाे केही तापक्रम बढेपनि बिहान-साँझ भने चिसाे कायमै नै छ । तर आईतबार साँझ भने काेहलपुरकाे माहाेल तातिएकाे छ ।

काेहलपुरमा जारी प्रादेशिक महाेत्सवका कारण काेहलपुरकाे महाेल तातिएकाे हाे । घाम डुब्ने तरखरका बिच महाेत्सवकाे स्टेजमा देखापरेकी गायिका ज्याेती मगरले आफुसँगै काेहलपुरवासीमा समेत गर्माहट पैदा गरेकी हुन ।

बेलुकाकाे चिसाेलाई चुनाैति दिदै पारदर्शी कपडामा देखिएकी ज्याेतीले रमाइलो शैलिमा प्रस्तुति दिदैं गर्दा दर्शकहरूले खुलेर साथ दिएका थिए । उत्तेजक शैलिका कारण सँधै चर्चामा रहने ज्याेतीले आफ्नैे शब्द, संगित र स्वरमा रहेका दर्जन बढि गित गाएर तहल्का मच्चाएकी थिइन् ।

ज्याेती भन्दा पहिला लाेकदाेहाेरी गायक कुलेन्द्र विश्वकर्माले आफ्नाे प्रस्तुती दिएका थिए । कुलेन्द्रको स्वरमा सजिएको नवराज पन्तका शब्द र वसन्त थापाको संगीत रहेको चर्चित गीत ‘सालको पात टपरी हुनी, हे बरै नहुनी सल्लैको’ गाएर उनले दर्शक झुमाएका थिए । करिब १ घन्टा प्रस्तुति दिएका कुलेन्द्रले प्रस्तुति अवधिभर दर्शकको राम्रो साथ पाए ।

मोडल अस्मिता पुरीको नृत्यसँगै महोत्सवमा दर्शक झुमीझुमी नाचेका थिए । उनले करिब आधा घन्टा आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन् । उनलाई पनि दर्शकले ताली र हुटिङले स्वागत गरेका थिए । साथै स्थानीय कलाकारहरुले समेत प्रस्तुती दिएका थिए ।

महाेत्सवमा भाेलि २९ गते चर्चित गायक खुमन अधिकारी, एलिना चाैहान, डान्सर सुस्मिता कटवाल र हास्य कलाकार प्रकाश कंडेलकाे प्रस्तुति रहने आयाेजकले जनाएकाे छ ।

  • २८ माघ २०८०, आईतवार २०:०२ प्रकाशित
  • Nabintech